साथीको जन्मदिनको पार्टीबाट फर्किँदै गर्दा युवकको गोली हानी हत्या
Rahul yadav


इटावा, 16 अगस्त (हि.स.)। उत्तर प्रदेशको इटावा जिल्लाको जसवन्तनगर क्षेत्रअन्तर्गत पीपरीपुरा गाउँमा 32 वर्षीय युवकलाई कुटपिट गरेपछि गोली हानेर हत्या गरिएको छ। पुलिसले शवलाई पोस्टमार्टमका लागि पठाएको छ। पुलिसले घटनास्थलबाट एउटा हतियार पनि जफत गरेको छ।

पुलिस उपाधीक्षक जसवन्तनगर आयुषी सिंहले बताए, जसवन्तनगर पुलिस थाना क्षेत्रअन्तर्गत पीपरीपुरा गाउँका बासिन्दा बाबा जयवीर सिंहले बताए कि उनका नाति राहुल 15 अगस्तको राति आफ्नो साथीको जन्मदिनको पार्टीमा सहभागी भएर घर फर्किरहेका थिए। बाटोमा पहिल्यैदेखि घात लगाएर बसेका आक्रमणकारीहरूले राहुललाई आक्रमण गरे र पछि गोली हानेर मारे। हत्या गरेपछि अभियुक्त घटनास्थलबाट भागे। उनले भने कि केही दिनअघि राहुलको परिवारका सदस्यहरूसँग पावर कट लगाउनका लागि झगड़ा भएको थियो। राहुलको हत्या त्यही रीसका कारण राहुलको हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ।

पीपरीपुरा गाउँमा राहुल यादवको गोली हानी हत्या गरिएको पुलिस उपाधीक्षकले बताए। पुलिसले अनुसन्धान शुरु गरेको छ र अभियुक्तलाई चाँड़ै पक्राउ गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande