
नलबाड़ी (असम), 16 अगस्त (हि.स.)। असममा नलबाड़ी जिल्लाको बरभाग क्षेत्रस्थित कदमतालमा गए शनिवार राती भएको एक भीषण सड़क दुर्घटनामा एकजना महिलाको मृत्यु भयो भने अर्की महिला गम्भीर रूपमा घाइते भइन्।
जानकारी अनुसार आइकन बेजबरुवा र बीणा दास सड़क किनारमा बसेर आपस्तमा बातचित गरिरहेका थिए। यसै अवधि द्रूत गतिको इनोभा वाहनले दुवैलाई ठक्कर दियो। दुर्घटनामा आइकन बेजबरुवाको घटनास्थलमै मृत्यु भयो। दुर्घटनाछि इनोभा सड़कदेखि लगभग सात फुट तल झऱ्यो। दुर्घटनापछि चालक तत्कालै वाहन छोड़ेर भाग्यो।
गम्भीर रूपमा घाइते बीणा दासलाई नलबाड़ी मेडिकल कलेज एवं अस्पतालमा भर्ती गराइएको छ जहाँ तिनको अवस्था चिन्ताजनक रहेको बताइएको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ भने भगौड़ा चालकलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा