पश्चिम बङ्गालमा महिला अधिकारहरूप्रति जागरूकता बढ़िरहेको छ: दिलीप घोष
पश्चिम बङ्गालमा महिला अधिकारहरूप्रति जागरूकता बढ़िरहेको छ: दिलीप घोष


कोलकाता, 16 अगस्त (हि.स.)। पश्चिम बङ्गालमा महिला अधिकारहरूप्रति जागरूकता बढ़िरहेको छ। राज्यका पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलीप घोषले आइतवार बिहान पत्रकारहरूसित बातचित गर्दै सो मन्तव्य व्यक्त गरे।

दिलीप घोषले भने, महिलाहरूको सशक्तिकरणको लागि केही कदमहरू उठाइएको छ साथै कानून पनि बनाइएको छ। पञ्चायत तथा नगरपालिकाहरूमा यसलाई पहिलाबाटै लागू गरिसकिएको छ भने यो व्यवस्था सुचारू रूपमा चलिरहेको छ। उनले भने, वर्तमानमा बङ्गालमा महिलाहरूको प्रतिनिधित्व धेरै अधिक छ र यसमा लगातार वृद्धि भइरहेको छ। तर जुन मानिसहरूले महिला सशक्तिकरणको कुरा गरिरहेका छन्, उनीहरूले कामको समयमा सहयोग गर्दैनन्। विपक्षले बाहिर गएर बबाल तथा अव्यवस्था उत्पन्न गर्छ, तर कुनै रचनात्मक कार्य गर्दैन। सरकारको काममा बाधा दिनु नै उनीहरूको काम भएको छ।

राष्ट्रिय गीत वन्दे मातरमको सम्बन्धमा दिलीप घोषले भने, भारतको प्रत्येक नागरिकले बन्दे मातरम गाउनुपर्छ। उनले भने, केही मानिसहरूले यसको विरोध गर्दछन् र गाउँदैनन् पनि। यस सम्बन्धमा कानून पनि बनिसकेको छ। अब यसको लागि कारबाही पनि गरिनेछ। यदि कसैले यसको विरोध गर्छ, यसलाई गाउन अस्वीकार गर्छ भने उनीहरूविरूद्ध पनि कारबाही गरिनेछ।

भ्रष्टाचारको मुद्दामा दिलीप घोषले भने, केही स्थानहरूमा सरकारी कर्मचारीहरू पनि भ्रष्टाचारमा सामेल छन् जसमा पुलिसकर्मी, भूमि विभागीय अधिकारी औ विभिन्न विभागीय अधिकारीहरू सामेल छन्। उनले भने, यस सम्बन्धमा उनलाई धेरै वटा जानकारीहरू आइरहेका छन्। मामिलाको जाँच पनि भइरहेको छ।

बीरभूम जिल्लाको उल्लेख गर्दै दिलीप घोषले भने, यो जिल्ला गरीब छ, किनभने यहाँका नेताहरूले लुटपाट गरे। यहाँका नेताहरू करोड़ौं रुपियाँका मालिक भएका छन्। प्रत्येकसित सयकड़ौं करोड़ रुपियाँको सम्पत्ति छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande