
कोलकाता, 16 अगस्त (हि.स.)। बङ्गाली फिल्म औ टेलीभिजन जगतका वरिष्ठ निर्देशक राजा सेनको आइतवार बिहान निधन भयो। उनले बिहान दश बजे अन्तिम सास लिए। उनको निधनको खबरले मनोरञ्जन जगतमा शोक छाएको छ।
बताइएको छ, हालैमा राजा सेन घरमा लड़ेका थिए जसमा उनको क्मरमा गम्भीर चोट लागेको थियो। उनलाई एक निजी अस्पतालमा भर्ती गराइयो। पछि स्थिति अझ गम्भीर हुँदै गएपछि उनलाई भेन्टिलेटरमा राखियो। उपचार गर्ने क्रममा उनको फोक्सोमा समस्या उत्पन्न भयो साथै हृदय सम्बन्धी समस्याको पनि सामना गर्नु पऱ्यो। पछिल्लो सोमवार उनलाई एसएसकेएम अस्पतालमा स्थानान्तरित गरिएको थियो जहाँ उपचारको क्रममा उनको किडनीमा पनि समस्या देखियो। लगातार खस्किँदो स्वास्थ्य स्थितिबीच उनी भोलन्टियरमा थिए। आइतवार बिहान उनको निधन भयो।
उल्लेखनीय छ, राजा सेनलाई वर्ष 1997- मा प्रसारित टेली-सीरियल ‘सुवर्णलता’-बाट विशेष पहिचान प्राप्त भएको थियो। त्यसपछि उनले ‘आदर्श हिन्दू होटल’, ‘आरोग्य निकेतन’ औ ‘देश आमार देश’ जस्ता चर्चित धारावाहिकहरूको निर्देशन गरे। बङ्गाली टेलीभिजन जगतमा उनका केही कार्यहरूले दर्शकहरूबीच विशेष पहिचान स्थापित गऱ्यो। राजासेनको निधनले बङ्गाली मनोरञ्जन जगतमा शोकको गहिरो छाया परेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा