मेगालयमा फसेका असमका मानिसहरूको लागि हेल्पलाइन जारी
मेगालयमा फसेका असमका मानिसहरूको लागि हेल्पलाइन जारी


गुवाहाटी, 21 अगस्त (हि.स.)। मेघालयको वर्तमान स्थितिलाई मध्यनजर गर्दै असम सरकारले असम पुलिसको माद्यमबाट मेघालयमा फसेका वा आगावमनमा कठिनाइको सामना गरिरहेका असमका मानिसहरूलाई सहयोग गर्नको लागि हेल्पलाइन नम्बर जारी गरेको छ।

परिवारजन, आफन्त वा कुनै व्यक्तिलाई मेघालयमा फसेका मानिसहरू अथवा वाहनहरूको बारे जानकारी भए हेलपाइनको माध्मबाट सूचना साझा गर्न सक्नेछन्। यसमा व्यक्तिको नाम, सम्पर्क नम्बर, वाहन नम्बर, वर्तमान स्थान तथा अन्य उपलब्ध जानकारीहरू दिनुपर्छ।

प्राप्त सूचनाहरूलाई आवश्यक समन्वय औ सहायताको लागि मेघालयका सम्बन्धित प्रशासन एवं पुलिस अधिकारीहरू समक्ष उठाइनेछ। असम सरकार र असम पुलिसले मेघालयका सम्बन्धित अधिकारीहरूसित लगातार समन्वय स्थापना गरिरहेको छ भने आवश्यकतामा रहेका मानिसहरूलाई हरसम्भव सहायता उपलब्ध गराउनको लागि प्रतिबद्ध छ।

हेल्पलाइन नम्बर: व्हाट्सएप: 9181014888, ल्याण्डलाइन: 03612381511

सर्वसाधारण मानिसहरूलाई शान्त बस्ने अनि प्रभावकारी र समयबद्ध समन्वयको लागि सत्यापित जानकारी मात्र साझा गर्ने अपील गरिएको छ।

ज्ञात रहोस्, मेघालयको राजधानी एवं वरपरका क्षेत्रहरूमा बितेको 19 अगस्तको दिन खासी स्टुडेण्ट यूनियन (केएसयू)- द्वारा आयोजित विरोध प्रदर्शन अवधि असम नम्बरका वाहनहरूमा हमला गरी त्यसमा तोड़फोड़ गरिएको थियो। त्यसपछि 20 अगस्तको दिन असम-मेघालय सीमावर्ती खानापारा एवं जोराबाटमा मेघालयका वाहनहरूलाई असममा प्रवेश गर्नदेखि असमका वाहन चालक अनि वाहन मालिकहरूले रोक लगाइदिए। यस घटनापछि मेघालय तर्फ वाहनहरूको आवागमन पूर्ण रूपले ठप्प भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande