खरसाङको भिक्टोरिया बोइस स्कूलमा नेपाली भाषा मान्यता दिवस सम्पन्न
Nepali bhasa manyata diwas


- हामीले हाम्रो भाषालाई आदर र माया गरेर लेख पढ् गर्नुपर्छ: डा योगेस खाती

खरसाङ, 21 अगस्त (हि.स.)। खरसाङको भिक्टोरिया बोइस स्कूलमा 35औँ नेपाली भाषा मान्यता दिवस पालन गरिएको छ। भिक्टोरिया स्कूलका प्रधान अध्यापक मलय शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सोनादा डिग्री कलेजका प्राचार्य डा योगेस खाती, डाउहिल स्कूलकी प्रधान अध्यापिका सिमा अली, गोर्खा जनपुस्तकालय खरसाङका उपाध्यक्ष प्रकाश प्रधान, कलाकार प्रेम गन्धर्व, आकाशवाणी खरसाङका वरिष्ठ उदघोषक उमेश कार्कीढोली र सन्दीप प्रधान उपस्थित रहेका थिए। कार्यक्रममा नेपाली भाषा मान्यताको आन्दोलन र नेपाली भाषा मान्यताको इतिहास विषयमा विशिष्ट अतिथि सोनादा डिग्री कलेजका प्राचार्य एवं वरिष्ठ साहित्यकार डा योगेस खातीले बताएका थिए। उनले विद्यार्थीहरुलाई आफ्नो भाषामा लेख्न र पढ्न गर्व गर्नु पर्ने र भाषाको संरक्षण गर्न पर्ने बताए।उनले भने, विद्यार्थीहरुले गर्वको साथमा आफ्नो भाषामा लेख्न र पढ्नुपर्छ। युवा पिँढीले आफ्नो भाषालाई माया गर्नुपर्छ, संरक्षण र सम्बर्द्धन गर्नुपर्छ। हामीले हाम्रो भाषालाई आदर गर्नुपर्छ। आफ्नो भाषालाई माया गरेर लेख पढ् गर्नुपर्छ र आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ।

उनले नेपाली भाषा मान्यता आन्दोलन र 20 अगस्त, 1992 मा नेपाली भाषाले मान्यता पाएसम्मको जानकारी विद्यार्थीहरुका प्रस्तुत गरेका थिए।

कार्यक्रममा विद्यार्थी नानीहरुले गीत, कविता, नृत्य प्रस्तुत गरे भने शिक्षक शिक्षिकाहरुले पनि समूह गीत प्रस्तुत गरेका दिए। कार्यक्रममा अतिथि कलाकार प्रेम गन्धर्वले जातीय वाद्य वादन सारङ्गीमा धुन प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाए।

कार्यक्रममा विद्यालयको तर्फबाट जातीय खाद्यान्नहरु र जातीय वाद्य वादनहरुको पनि प्रदर्शन गरिएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande