सिक्किमकी शिक्षिका सुष्मा तामाङ राष्ट्रिय शिक्षक पुरस्कार २०२६ का लागि चयन
सुष्मा तामाङ


गान्तोक, 21 अगस्त (हि.स.)। सिक्किमकी शिक्षिका सुष्मा तामाङ प्रतिष्ठित राष्ट्रिय शिक्षक पुरस्कार २०२६ का लागि चयन भएकी छन्।

भारत सरकारको शिक्षा मन्त्रालयअन्तर्गत विद्यालय शिक्षा तथा साक्षरता विभागबाट प्राप्त सूचनाअनुसार, सिक्किमको डिक्लिङस्थित पीएम श्री सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा स्नातकोत्तर शिक्षिका (रसायनशास्त्र) का रूपमा कार्यरत सुष्मा तामाङ राष्ट्रिय शिक्षक पुरस्कार २०२६ का लागि चयन भएकी हुन्।

राज्य शिक्षा विभागले शिक्षाको क्षेत्रमा उनको समर्पण, विद्यालय शिक्षामा उल्लेखनीय योगदान, शैक्षिक उत्कृष्टताप्रतिको प्रतिबद्धता तथा विद्यार्थीहरूको समग्र विकासका लागि निरन्तर गर्दै आएको प्रयासको कदरस्वरूप उनलाई यो राष्ट्रिय सम्मान प्रदान गर्न चयन गरिएको बताएको छ।

राष्ट्रिय शिक्षक पुरस्कार २०२६ आगामी ५ सेप्टेम्बरमा शिक्षक दिवसको अवसरमा नयाँ दिल्लीमा भारतकी राष्ट्रपतिद्वारा तामाङलाई प्रदान गरिनेछ।

सुष्मा तामाङको यो राष्ट्रिय सम्मानले सिक्किम र यहाँको सम्पूर्ण शिक्षक समुदायका लागि गौरव तथा सम्मानको विषय बनेको शिक्षा विभागले जनाएको छ। शिक्षा विभाग, सिक्किम सरकारले तामाङलाई यस विशिष्ट राष्ट्रिय सम्मानका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande