
खरसाङ, 21 अगस्त (हि.स.)। खरसाङ क्षेत्र र वरिपरिका क्षेत्रहरुका चालिसवटा विभिन्न संस्थागत चर्चहरू मिलेर गठन गरिएको जोइण्ट फोरम पहाड़ तराइ ख्रिष्टियन वेलफेयर अर्गनाइजेसन खरसाङ शाखा कमिटीका सदस्यहरूसँग जोइण्ट फोरम केन्द्रिय समितिको भेटघाट कार्यक्रम बिहीवार सम्पन्न भयो।खरसाङ शाखालाई जोइण्ट फोरमका प्रमुख सल्लाहकार एवं खरसाङ शाखा सभापति रेभरेण्ड पास्टर अजय छेत्री अनि शाखाका मूल सचिव पास्टर सुरज शर्माले अगुवाई गरेका थिए।
भेटघाटमा खरसाङ क्षेत्रको चालिसवटा मण्डलीहरूको नामावलीसँगै नवगठित शाखा समितिको मिनट बुक केन्द्रिय समितिमा सम्प्रेसन गरियो। खरसाङ क्षेत्रका सम्पूर्ण मण्डलीहरू अब पूर्ण रुपले जोइण्ट फोरमसँग आबद्ध रहेर प्रत्येक अवस्थामा लागि पर्ने कटिबद्धतासहित लिखित प्रतिवेदन बुझाए।
प्रमुख सल्लाहकार पास्टर कबीर लामाले अल्पसंख्यक अनि सरकारमाझको सम्बन्धबारे प्रकाश पर्दै अब खरसाङ क्षेत्रका सम्पूर्ण मण्डलीहरूलाई जोड़ेर जोइण्ट फोरमको महकुमा समिति तयार पार्नुपर्छ भनी सल्लाह दिए। फोरम अध्यक्षको पक्षबाट खरसाङ जोइण्ट फोरम शाखाका सम्पूर्ण टिमलाई बधाई, शुभकामना दिँदै जोइण्ट फोरमको दर्शन अनि सरकार अनि फोरमको सहकार्यबारे प्रकाश पारे।
अहिलेको समयमा हामी र हाम्रो विभिन्न प्रकारको सेवाकाई अनि कार्यक्रमहरूमा हामीलाई सरकारसँगै जनप्रतिनिधिको अवश्यकता पर्न जान्छ भन्दे सांसद राजु विष्टको भरोसा पूर्ण आश्वासनले हामीलाई थप बल मिलेको बताए। अल्पसंख्यक समुदायहरुको हक, हित र अधिकारको निम्ति सांसदको पक्षबाट इसाई अल्पसंख्यकहरूको साथमा रहेको बताएपछि
अब जोइण्ट फोरमले पनि आफ्नो विश्वसनीयता कायम राख्दै हरेक अवस्थामा सरकारको साथमा खड़ा रहनु पर्ने तिनले बताए।
फोरमका प्रवक्ता पास्टर लोक बिजय सुब्बाद्वारा सञ्चालित सभालाई पास्टर फिलोमन लिम्बु तकभर, पास्टर पवाल योञ्जन खरसाङ, पास्टर राजेन खरसाङले सम्बोधन गरेका थिए।
---------------
हिन्दुस्थान समाचार / हनोक