मुख्यमन्त्री डा.सरमाले वित्त मन्त्रीलाई बाढ़ी राहत कार्यहरूको जानकारी दिए, केन्द्रले सहयोग गर्ने भरोसा दिलायो
मुख्यमन्त्री डा.सरमाले वित्त मन्त्रीलाई बाढ़ी राहत कार्यहरूको जानकारी दिए, केन्द्रले सहयोग गर्ने भरोसा दिलायो


गुवाहाटी, 21 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री हिमन्त बिस्व सरमाले शुक्रवार नयाँ दिल्लीस्थित कर्तव्य बवनमा केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणसित भेट गरी राज्यमा हालैमा आएको बाढ़ीले पुऱ्याएको नोक्सान, राहत अनि पुनर्वास कार्य तथा प्रभावित क्षेत्रहरूको पुनर्निर्माणको तयारी आदि बारे जानकारी दिए।

मुख्यमन्त्रीले वित्तमन्त्रीलाई बाढ़ीले पुऱ्याएको नोक्सानको मूल्याङ्कनको वर्तमान स्थिति अनि प्रभावित क्षेत्रहरूको पुनर्वास तथा पुनर्निर्माणको लागि राज्य सरकारले बनाएको कार्ययोजना बारे अवगत गराए।उनले बाढ़ी प्रभावित परिवारहरूको आजीविका बहाल गर्न तथा उनीहरूलाई आवश्यक सहायता उपलब्ध ग राउनको लागि उठाइरहेको कदमहरूको पनि जानकारी दिए।

बैठकपछि सोशल मीडिया मञ्च ‘एक्स’-मा मुख्यमन्त्रीले भने, वित्तमन्त्रीले असमका चिन्ताहरूलाई “ध्यानपूर्वक अनि संवेदनशीलता”- को साथमा सुनिन्। उनले राज्यका आवश्यकताहरूमाथि वित्त मन्त्रीले दिएको सकारात्मक प्रतिक्रियाको लागि आभार व्यक्त गरे।

सीतारमणले मुख्यमन्त्रीलाई आश्वस्त पारिन्, भारत सरकार बाढ़ी प्रभावित परिवारहरूको पुनर्वास तथा उनीहरूको जीवनलाई पुन ट्र्याकमा ल्याउने प्रयासमा असम सरकारको साथमा सशक्त रूपमा उभिनेछ।

मुख्यमन्त्रीको यो भेट यस्तो समयमा भएको छ जतिबेला असम सरकार बाढ़ीले निम्त्याएको नोक्सानको मूल्याङ्कन गर्नको साथै पुनर्निर्माण र प्रभावित मानिसहरूको आजीविका बहाल गर्ने दिशामा दोस्रो चरमको तयारीमा जुटेको छ। शिवसागर, चराइदेव औ जोरहाट जिल्ला बाढ़ीबाट सबैभन्दा ्धिक प्रभावित क्षेत्रहरूमा सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande