
गुवाहाटी, 21 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री हिमन्त बिस्व सरमाले शुक्रवार नयाँ दिल्लीमा केन्द्रिय मन्त्री प्रल्हाद जोशीसित उनको आवासमा भेट गरे। यस भेटमा असमसित सम्बन्धित शिक्षा, खाद्य एवं नागरिक आपूर्ति तथा नवीकरणीय ऊर्जा सहित केही महत्वपूर्ण मुद्दाहरूमाथि चर्चा भयो।
मुख्यमन्त्री डा. सरमाले बैठकलाई ‘अत्यन्त उपयोगी’ बताउँदै अघि भने, बातचितमा असमको शिक्षा, खाद्य एवं नागरिक आपूर्ति तथा नवीकरणीय ऊर्जासित सम्बन्धित प्रमुख प्राथमिकताहरूमाथि चर्चा भयो। उनले असमप्रति सकारात्मक व्यवहार तथा निरन्तर सहयोग गरे बापतमन्त्रीप्रति आभार व्यक्त गरे।
केन्द्रिय मन्त्री प्रल्हाद जोशीले भने, निरन्तर दोस्रो पटक असमका मुख्यमन्त्री पदको शपथ ग्रहण गरेपछि हिमन्त बिस्व सरमा पहिलो पटक उनको दिल्लीस्थित आवासमा पुगेका हुन्।
जोशीले बताए, बैठकमा असममा समग्र शिक्षा योजनाको क्रियान्वयनलाई अझ मजबुत तथा सुव्यस्थित बनाउनेमाथि विशेष चर्चा भयो। यसान्तर्गत शिक्षकहरूको निर्बाध वित्तीय सहायता सुनिश्चित गर्नेमाथि बल दिइयो।
दुवै नेताहरूले एसएनए- स्पर्श व्यवस्था अन्तर्गत धनराशिको सुचारू प्रवाहमाथि पनि चर्चा गरे ताकि शिक्षकहरूको वेतन समयमै भुक्तान हुन सकेस् अनि असममा गुणस्तरीय एवं समान स्कूले शिक्षाको व्यवस्थालाई मजबुत बनाउन सकियोस्।
बैठकमे खाद्य एवं नागरिक आपूर्ति तथा नवीकरणीय ऊर्जासित सम्बन्धित महत्वपूर्ण मुद्दाहरूमाथि पनि विचार-विमर्श भयो। यो भेटलाई असमको विकासको लागि केन्द्र अनि राज्य सरकारबीचको समन्वयालाई अझ सशक्त बनाउने दिशामा महत्वपूर्ण मानिंदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा