
हुगली, 21 अगस्त(हि. स.)। हुगली जिल्लाको गोघाटस्थित भावादिघी क्षेत्रमा पछिल्लो लामो समयदेखिकै क्रियान्वयन भइरहेको परियोजनाको कार्य प्रगतिको जायजा लिनको लागि शुक्रवार पूर्व रेलको हावड़ा डिभीजनकी जीएम गीतिका पाण्डे घटनास्थलमा पुगिन्। उनले यहाँ परियोजनासित सम्बन्धित विभिन्न निर्माण कार्यहरूको स्थलगत निरीक्षण गरिन्।
निरीक्षण ग र्ने क्रममा जीएमले परियोजनाको वर्तमान स्थिति, अहिलेसम्म भएका कार्यहरूको प्रगति तथा निर्माण अवधि आइलागेका विभिन्न समस्याहरूलाई लिएर सम्बन्धित रेलवे अधिकारीहरूबाट जानकारी हासिल गरिन्। उनले परियोजनासित सम्बन्धित ठेकादारसित पनि बातचित गरी कार्यलाई तीव्रता दिने निर्देश दिइन्।
अधिकारीहरूसित भएको चर्चामा परियोजनाहरूलाई चाँड़ोभन्दा चाँड़ो पूरा गर्ने अनि अनावश्यक ढिल्यालाई हुन नदिनेमाथि बल दिइयो। जीएमले सम्बन्धित अधिकारीहरूलाई कार्यहरूको नियमित निगरानी अनि निर्धारित लक्ष्य अनुरूप परियोजनाहरूलाई अगाड़ि बढ़ाउने निर्देश दिइन्।
भनिन्छ, भावादिघी रेल परियोजना लामो समयदेखिकै क्षेत्रवासीहरूको लागि महत्वपूर्ण मुद्दा रहिआएको छ। परियोजनामा भइरहेको ढिल्याईको कारणले स्थानीय मानिसहरूमा निराशा छाएको थियो। यस स्थितिमा हावड़ा डिभीजनकी जीएमको स्थलगत निरीक्षण तथा कार्यमा तीव्रता ल्याउने निर्देशले स्थानीय मानिसहरूमा फेरि एकपटक आशाको दियो बलेको छ।
निरीक्षण पश्चात जीएम गीतिका पाण्डेले परियोजनालाई चाँड़ै पूरा गर्नको लागि आवश्यक कदम उठाउने कुरा गरिन्। रेलवे अधिकारीहरूले पनि परियोजनाको कार्यलाई गति दिनको लागि आवश्यक समन्वय र निगरानी सुनिश्चित गर्नेमाथि बल दिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा