
बाँकुड़ा, 21 अगस्त (हि.स.)। विष्णुपुर नगरपालिकाका सफाई कर्मीहरूले वेतन भुक्तानको मागलाई लिएर शुक्रवार बिहान फेरि आन्दोलन शुरू गरेका छन्। सफाई कर्मीहरूको भनाइ छ, लगभग एक सातापूर्व पनि उनीहरूले भुक्तानको मागमा आन्दोलन गरेका थिए, तर प्रशासनले आश्वासन दिएको कारणले आन्दोलनलाई फिर्ता लिएका थिए। तथापि अहिलेसम्म उनीहरूलाई बाँकी राशिको भुक्तान गरिएको छैन।
आन्दोलनमा सामेल सफाीकर्मी पिन्टु अनुसार गत 13 अगस्तको दिन उनीहरूले वेतन भुक्तानको मागमा अनिश्चितकालीन आन्दोलन शुरू गरेका थिए। त्यसबेला नगरपालिका प्रशासकले उनीहरूलाई वेतन चाँड़ै भुक्तान गर्ने आश्वासन दिएका थिए। प्रशासकको अनुरोधमा उनीहरूले आफ्नो आन्दोलनलाई स्थगित गरेका थिए।
आन्दोलनकारीहरूको आरोप छ, आश्वासन दिएर पनि अहिलेसम्म भुक्तान नभएको कारणले गए बिहीवार साँझ उनीहरूले प्रशासकसित भेट गरी आफ्नो कुरा राखेका थिए, तर प्रशासकबाट कुनै ठोस प्रतिक्रिया नआएपछि उनीहरूले शुक्रवार बिहानदेखि फेरि अनिश्चितकालीन आन्दोलन शुरू गरेका हुन्।
सफाई कर्मीहरूले बताए, 15 दिनभित्रमा पैसा दिने कुरा भएको थियो। तर लामो समय बितिसक्दा पनि पैसा नपाएपछि उनीहरूलाई परिवार धान्न गाह्रो भइरहेको छ। त्यसैले उनीहरूले पुनः आन्दोलनको मार्ग अप्नाएका हुन्।
आक्रोशित कर्मीहरूले स्पष्ट पारे, यसपालि उनीहरूको आन्दोलन अनिश्चितकालीन हुनेछ। यद्यपि आन्दोलन पूर्ण रूपले शान्तिपूर्ण ढङ्गमा गर्ने उनीहरूले बताए। उनीहरूको भनाइ छ, जबसम्म बाँकी भुक्तान गरिँदैन तबसम्म आन्दोलन जारीरहनेछ। सफाई कर्मीहरूले प्रशासकसित उनीहरूको समस्याको यथाशीघ्र समाधान गरी बाँकी रकमलाई भुक्तान गर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा