स्वास्थ्य मन्त्रीले बर्दवान मेडिकल कलेजमा लगातार दोस्रो दिन पनि छड़्के भ्रमण गरे
स्वास्थ्य मन्त्रीले बर्दवान मेडिकल कलेजमा लगातार दोस्रो दिन पनि छड़्के भ्रमण गरे


बर्दवान, 21 अगस्त (हि.स.)। बर्दवान मेडिकल कलेजमा गए बिहीवार रातीपछि शुक्रवार बिहान फेरि राज्यका स्वास्थ्य मन्त्री डा. शारद्वत मुखर्जीले छड़्के भ्रमण गरे।

सूत्र अनुसार बिहान लगभग पौने एघार बजे उनले मेडिकल कलेजको प्रसुति विभागको निरीक्षण गरे। यस अवधि उनको साथमा राज्यका मन्त्रीद्वय मौमिता विश्वास मिश्रा र खुदीराम टुडू पनि उपस्थित थिए। यसअघि बितेको बिहीवार राती पनि मन्त्रीले अचानक पूर्व बर्दवानका सरकारी अस्पतालहरूको निरीक्षण गरेका थिेए। उनले पहिला बड़शुल खण्ड अस्पताल अनि पछि बर्दवान मेडिकल कलेज एवं अस्पतालको दौड़ाह गरेका थिए। मन्त्री अनुसार अस्पताल प्रशासनलाई उनको निरीक्षण भ्रमण बारे कुनै पूर्व सूचना प्राप्त भएको थिएन।

बड़शुल खण्ड अस्पतालमा पुगेर स्वास्थ्य मन्त्री आपतकालीन विभागका सेवाहरूको जायजा लिए। उनले चिकित्सकहरू तथा नर्सहरूले रोगीहरूलाई दिरहेका सेवाहरूको जानकारी लिए। साथै अस्पतालमा औषधि र खोपहरूको उपलब्धता अनि विभिन्न दस्तावेजहरूको रखरखाउको पनि जाँच गरे।

शुक्रवार बिहान बर्दवान मेडिकल कलेजको प्रसुति विभागको निरीक्षण गर्दै अस्पतालका व्यवस्थाहरूको जायजा लिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande