
कोलकाता, 21 अगस्त (हि. स.)। पश्चिम बङ्गालका पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलीप घोषले कङ्ग्रेसमाथि विभाजनको राजनीति गरेको आरोप लगाउँदै भने, अब उसको यस्तो राजनीति चल्नेवाला छैन। शुक्रवार बिहान पत्रकारहरूसित बातचित गर्दै दिलीप घोषले भने, कङ्ग्रेसले देश विभाजन गऱ्यो अनि ‘वन्दे मातरम्’-लाईपनि विभाजन गऱ्यो। उनले भने, कङ्ग्रेसको विभाजनको राजनीतिले अब काम गर्नेछैन।
यादवपुर विश्वविद्यालयमा व्याप्त अशान्तिको सम्बन्धमा उनले भने, विश्वविद्यालयमा केही यस्ता समूहहरू सक्रिय छन् जसले सदैव देश विरोधी लगाउँदै आइरहेका छन्। यसअघि राज्यपालसित दुर्व्यवहार गरियो। विश्वविद्यालयमा कुनै पनि प्रकारको देश विरोधी तथा समाज विरोधी गतिविधि हुनु हुँदैन। त्यहाँ शान्तिपूर्ण वातावरण कायम राख्न आवश्यक छ।
केन्द्रिय गृहमन्त्री अमित शाहको पश्चिम बङ्गाल दौड़ाहको सम्बन्धमा दिलीप घोषले भने, बङ्गालको सीमा अत्यन्त संवेदनशील छ। केन्द्रिय गृहमन्त्री सदैव यो सुनिश्चित गर्न प्रयासरत् रहन्छन् कि बङ्गालका सीमाहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा