
हुगली, 21 अगस्त (हि.स.)। श्रीरामपुर थाना क्षेत्रको पियारापुर फाँड़ी अन्तर्गत बागपाड़ा छोटबेलु क्षेत्रमा सम्पत्तिलाई लिएर भएको विवादमा शुक्रवार बिहान एकजना बुजुर्गको रडले प्रहार गरी हत्या गरिएको घटना प्रकाशमा आएको छ। मृतकको पहिचान 60 वर्षीय योगेश्वर चन्द्र बागको रूपमा भएको छ। भनिन्छ, तिनी भारत ग्यास एजेन्सीमा डिलीभरी म्यानको रूपमा कार्यरत् थिए।
स्थानीय मानिसहरू अनुसार योगेश्वर चन्द्र बाग यस क्षेत्रमा शान्त अनि मिलनसार व्यक्तिको रूपमा परिचित थिए। आरोप छ, सम्पत्तिलाई लिएर उनको तपन बागसित पछिल्लो लामो समयदेखिकै विवाद हुँदै आएको थियो। यसै विवादको कारणले रडले प्रहार गरी योगेश्वरको हत्या गरिएको आरोप छ।
घटनापछि आरोपी तपन बागले पियारापुर फाँड़ीमा पुगेर पुलिस समक्ष आत्मसमर्पण गरे। सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि श्रीरामपुर वल्स अस्पतालमा पठाइदियो।
पुलिसले मामिलाको जाँच गरिरहेको छ। हत्या पछाड़िको वास्तविक कारण के थियो अनि घटना कुन परिस्थितिमा भएको थियो, यसको विस्तृत जाँच गरिरहेको छ। पुलिसले आरोपीसित जाँचबझ गर्नको साथै घटनासित जोड़िएका अन्य पक्षहरूको पनि जाँच गरिरहेको छ।
घटनापछि क्षेत्रमा तनाउ अनि आक्रोशको माहोल उत्पन्न भएको छ। स्थानीय मानिसहरूले मामिलाको निष्पक्ष जाँच गरेर दोषीमाथि कड़ा कारबाही गर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा