
नोएडा, 21 अगस्त (हि.स.)। थाना सेक्टर-39 पुलिसले आज बिहानै चार कुख्यात गाड़ी चोरलाई पक्राउ गरेको छ। पुलिसले उनीहरूबाट चोरी गरिएका 12 वटा मोटरसाइकल, घटनामा प्रयोग गरिएको कार र चक्कु जफत गरेको छ।
थाना सेक्टर 39 का प्रभारी निरीक्षक डीपी शुक्लाले भने कि सब-इन्स्पेक्टर सतनाम सिंहले आज बिहानै एक सूचनाको आधारमा रवि प्रताप, विमल शाह उर्फ सूर्य, प्रशान्त सिंह र दीपान्शुलाई पक्राउ गरेको छ। उनीहरूको जानकारी आधारमा चोरी गरिएका 12 वटा मोटरसाइकल, घटनामा प्रयोग भएको वागनआर कार र अवैध हतियार विभिन्न स्थानबाट जफत गरिएको उनले बताए। उनीहरूलाई गोदरेज भवन नजिकैबाट पक्राउ गरिएको थियो। यी बदमाशहरूले सोधपुछका क्रममा जफत गरिएका मोटरसाइकलहरू दिल्ली, नोएडा, गाजियाबाद सहित एनसीआरका विभिन्न ठाउँहरूबाट चोरी गरेको स्वीकार गरेका छन्। यी अपराधीहरूले दर्जनौँ सवारी चोरी गरेको स्वीकार गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी