
कोलकाता, 21 अगस्त (हि.स.)। जादवपुर विश्वविद्यालयमा वामपन्थी विद्यार्थी सङ्गठनहरू तथा अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी)- बीच भएको तनाउले रोकिने नाम लिएको छैन। शुक्रवार राज्यका पञ्चायत मन्त्री दिलीप घोषले विश्वविद्यालयमा व्याप्त तनाउपूर्ण माहोलको लागि पूर्ववर्ती तृणमूल कङ्ग्रेस सरकारलाई जिम्मेवार ठहराउँदै कड़ा बयान दिए। उनले आरोप लगाए, तृणमूल कङ्ग्रेसले लामो समयसम्म विश्वविद्यालयमा देश विरोधी गतिविधिहरूलाई संरक्षण दियो।
दिलीप घोषले चेताउनी दिए, यदि जादवपुर विश्वविद्यालय परिसरमा पुनः देश विरोधी गतिविधि वा नाराबाजी भयो भने ‘सर्जिकल स्ट्राइक’ गरिनेछ। उनले भने, राज्यमा सरकार परिवर्तन भइसकेको छ, त्यसैले यस्ता गतिविधिहरूलाई सहन गरिनेछैन।
शुक्रवार बिहान घुम्ने क्रममा पत्रकारहरूसित भएको बातचितमा जादवपुर विश्वविद्यालयको वर्तमान स्थिति बारे सोधिएको प्रश्नको जवाफस्वरूप मन्त्री घोषले भने, पहिला पनि यस्ता घटनाहरू हुँदा धेरै जना मानिसहरू मौन बसे।उनले दाबी गरे, तृणमूल कङ्ग्रेसले विश्वविद्यालयमा देशविरोधी तत्वहरूलाई संरक्षण दिएको थियो। घोषले भने, फेरि पनि देश विरोधी गतिविधि तथा नारा लागे ‘सर्जिकल स्ट्राइक’-लाई दोहोऱ्याइनेछ।
राज्यमा भएको राजनीतिक परिवर्तनको उल्लेख गर्दै घोषले भने, अब परिस्थिति फेरिसकेको छ। आगामी समयमा अझ बदलाउ देख्न पाइनेछ। उनले मानिसहरूलाई 6 महिनासम्म प्रतीक्षा गर्न भने।
वास्तवमा गत बुधवार राती जादवपुर विश्वविद्यालयको अरविन्द भवनमा आयोजित इञ्जीनियरिङ्ग विभागको सामान्य सभामा विवाद उत्पन्न भयो। त्यसपछि परिसरमा वामपन्थी विद्यार्थी सङ्गठनर एबीवीपी समर्थकहरूबीच झड़प हुने स्थिति सृजित भयो। आरोप छ, बाहिरबाट आएका एबीवीपी समर्थकहरूले विश्वविद्यालय परिसरमा तोड़फोड़ गरे भने अर्कोतिर एबीवीपीले वामपन्थी विद्यार्थी सङ्गठनका सदस्यहरूमाथि कुटपिट गरेको आरोप लगाएको छ। घटनापछि एबीवीपीका केही नेताहरूलाई उपचारको निम्ति केपीसी अस्पतालमा लगिएको थियो।
घटना बारे जानकारी पाएर राती नै विश्वविद्यालय परिसरमा पुगेकी जादवपुरकी भाजपा विधायक शरवरी मुखोपाध्यायले वामपन्थी विद्यार्थी सङ्गठनहरूलाई चेताउनी दिएकी थिइन्।
घटनाको वास्तविक कारण अनि विवाद कसरी शुरू भयो, यसको जाँच गर्नको लागि विश्वविद्यालय प्रशासन शुक्रवार एउटा जाँच समिति गठन गर्ने तयारीमा छ।यस अतिरिक्त शुक्रवार नै अपरान्ह तीन बजे विश्वविद्यालयका विभिन्न हितधारकहरूको बैठक डाकिएको छ। बैठकमा परिसरमा शान्ति तथा कानून व्यवस्थालाई कायम राख्नेम उपायहरूमाथि चर्चा हुने सम्भावना छ।
यसैबीच वामपन्थी विद्यार्थी सङ्गठनहरूले शुक्रवार अपरान्ह विश्वविद्यालय परिसरमा विरोध मार्चको आह्वान गरेको छ। यसमा व्यापक रूपमा छात्र-छात्राहरू सामेल हुने सम्भावना छ। यस स्थितिमा जादवपुर विश्वविद्यालयमा फेरि तनाउ बढ़्ने आशङ्कालाई नकार्न सकिँदैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा