
पश्चिम मेदिनीपुर, 21 अगस्त (हि. स.)। मेदिनीपुर महाविद्यालयमा शुक्रवार एसएफआई (स्टूडेण्ट्स फेडरेशन अफ इण्डिया) औ एबीवीपी (अखिल भारतीय विद्यार्थी परिषद)-का समर्थकहरूमाझ भएको झड़पपछि तनाउ फैलियो। यस अवधि केही विद्यार्थीहरू घाइते भएको दाबी गरिएको छ। घटनापछि महाविद्यालय परिसरको स्थिति तनाउपूर्ण भएको छ।
जानकारी अनुसार जादवपुरमा भएको घटनाको विरोधमा एसएफआईले शुक्रवार महाविद्यालयमा विरोध कार्यक्रम तथा प्रचार अभियान सञ्चालन गरिरहेको थियो। यसै अवधि एबीवीपीसित आवद्ध केही मानिसहरू त्यहाँ आइपुगे। एसएफआई समर्थकहरूले उनीहरू महाविद्यालय परिसरमा आएकोमा प्रश्न उठाए।यसै कुरालाई लिएर दुई पक्षबीच बहस शुरू भयो।
एसएफआईको आरोप छ, बहसपछि एबीवीपीसित जोड़िएका मानिसहरूले उनीहरूका समर्थकहरूमाथि कुटपिट गरे जसले गर्दा एसएफआईका केही समर्थकहरू घाइते भएका छन्। तथापि घटनालाई लिएर एबीवीपीको पक्षबाट तत्काल कुनै प्रतिक्रिया व्यक्त गरिएको छैन।
स्थितिलाई मध्यनजर गर्दै महाविद्यालय प्रशासन र पुलिसले नजर राखिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा