
हुगली, 21 अगस्त (हि.स.)। बलागढ़ विधानसभा क्षेत्र अधिनस्थ जिराट अहमदपुर ग्रामीण अस्पतालको नाम परिवर्तन गरेर अब डा. श्यामा प्रसाद मुखर्जी ग्रामीण अस्पताल बनाइएको छ। नामाकरणपछि शुक्रवार पश्चिम बङ्गाल सरकारकी मन्त्री सुमना सरकारले अस्पतालको भ्रमण गरी स्वास्थ्य सुविधा अनि बुनियादी ढाँचाहरूको जायजा लिइन्।
निरीक्षण अवधि मन्त्रीले अस्पतालका विभिन्न विभागहरूको भ्रमण गरी त्यहाँ उपलब्ध चिकित्सासेवा, आधारभूत सेवा तथा रोगीहरूको निम्ति उपलब्ध व्यवस्थाहरूको जानकारी लिइन्।उनले अस्पतालमा उपचाराधिन रोगीहरूसित पनि बातचित गरी उनीहरूको समस्या अनि सुविधाहरूको बारेमा जानकारी हासिल गरिन्।
मन्त्रीले अस्पतालको वर्तमान व्यवस्थाको स्थलीय निरीक्षण गर्नको साथै यो पनि निरीक्षण गरिन्, स्थानीय मानिसहरूलाई स्वास्थ्य सेवाहरू कति सहज रूपमा तथा प्रभावशाली ढङ्गमा प्राप्त भइरहेको छ। अस्पतालको चिकित्सा व्यवस्थालाई अझ उन्नत बनाउने अनि रोगीहरूको लागि सुविधाहरूलाई विस्तार गर्ने सम्बन्धमा अधिकारीहरूसित चर्चा गरियो।
सुमना सरकारले भनिन्, सर्वसाधारण मानिसहरूलाई श्रेष्ठ, सहज एवं जनोन्मुखी सेवाहरू उपलब्ध गराउनु सरकारका प्राथमिकताहरूमा सामेल छ। उनले भनिन्, स्वास्थ्य ढाँचालाई मजबुत बनाउन अनि चिकित्सा सेवाहरूलाई अधिक प्रभावशाली बनाउनको लागि आगामी दिनमा आवश्यक कदम उठाइनेछ।
अस्पतालको नामकरण र मन्त्रीको निरीक्षणलाई लिएर स्थानीय मानिसहरूमा पनि व्यापक उत्सुकता देखियो। क्षेत्रवासीहरूले आशा व्यक्त गरे, आगामी दिनमा अस्पतालको माध्यमबाट उनीहरूले श्रेष्ठ एवं सहजै उपलब्ध सेवाहरू पाउनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा