विरोध प्रदर्शनको कारणले राष्ट्रिय राजमार्ग-6 ठप्प
विरोध प्रदर्शनको कारणले राष्ट्रिय राजमार्ग-6 ठप्प


गुवाहाटी, 21 अगस्त (हि.स.)। गुवाहाटीको बाहिरी क्षेत्र जोराबाटमा शुक्रवार असमका टुरिस्ट कार चालकहरूले पथ अवरोध गरी व्यापक विरोध प्रदर्शन गरे। यस प्रदर्शनलाई स्थानीय मानिसहरूले पनि सहयोग गरे। मेघालयको राजधानी शिलङ्गमा गत 19 अगस्तको अबेर साँझ खासी छात्र सङ्गठन (केएसयु)- द्वारा निकालिएको ऱ्याली अवधि असमका वाहनहरूलाई लक्षित गरिएपछि जोराबाटदेखि आज दोस्रो दिन पनि मेघालयका वाहनहरूलाई असममा प्रवेश ग्रन दिइएन।बिहान 11:00 बजेदेखि लिएर अपरानन्ह 3:00 बजेसम्म राष्ट्रिय राजमार्ग सङ्ख्या -6 लाई अवरोध गरी असमका कार चालकहरूले विरोध प्रदर्शन गरे। यसले गर्दा राष्ट्रिय राजमार्ग-6 पूर्ण रूपले ठप्प रह्यो। हजारौं वाहनहरू जाममा तीन घण्टासम्म फसे भने कतिपय मानिसहरूको ट्रेन एवं फ्लाइट नै छोड़ियो। एम्बुलेन्स पनि जाममा फस्यो। असम सरकार अनि मेघालय सरकारले आश्वासन दिएपछि राजमार्गबाट अवरोधलाई हटाइयो। अपरान्ह 3:00 बजेपछि सुचारू रूपमा वाहनहरूको आवागमन शुरू भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande