न्यू मार्केटका थप 17 वटा होटलहरूलाई अग्निशमन विभागको नोटिस
न्यू मार्केटका थप 17 वटा होटलहरूलाई अग्निशमन विभागको नोटिस


कोलकाता, 21 अगस्त (हि.स.)। मध्य कोलकाताको मिर्जा गालिब स्ट्रीटस्थित होटल ‘शिखा इन’ -मा भएको भीषण अग्निकाण्ड पश्चात अग्निसमन विभागले न्यू मार्केट क्षेत्रका थप 17 वटा होटलहरूलाई कारण बताऊ नोटिस जारी गरेको छ। यी होटलहरूमा अग्निशमन व्यवस्थामा लापरवाही गरिएको खुलासा भएपछि होटल प्रबन्धनसित आगामी 24 घण्टाभित्रमा जवाफ मागिएको छ। अधिकारीहरू अनुसार जवाफ सन्तोषजनक नभए सम्बन्धित होटलहरूलाई बन्द पनि गरिदिन सक्छन्।

गत मङ्गलवार अबेर राती मिर्जा गालिब स्ट्रीटस्थित ‘शिखा इन’ -मा आगलागी भएको थियो।यस घटनामा धुँवाले निसास्सिएको कारणले नौ जना मानिसहरूको मृत्यु भएको थियो जसमध्ये सात जना बङ्गलादेशी नागरिकहरू थिए। घटनापछि प्रशासनले मध्य कोलकाताका होटहरू तथा गेस्ट हाउसहरूमा सुरक्षा व्यवस्थाको जाँच द्रूत गतिमा गरिरहेको छ।

अग्निशमन विभागद्वारा जारी ताजा नोटिसमा मार्कुइज स्ट्रीटका 10 वटा होटल, मिर्जा गालिब स्ट्रीटका 5 वटा होटल, एसएन ब्यानर्जी रोडको एउटा होटल र तपसिया रोडको एउटा होटल सामेल छन्। होटल सञ्चालकहरूलाई यो बताउन भनिएको छ, सुरक्षा मानदण्डहरूमा कथित कमजोरी हुँदाहुँदै पनि उनीहरूको प्रतिष्ठानलाई किन बन्द नगर्नु? उनीहरूलाई शनिवारसम्ममा जवाफ दिन भनिएको छ।

यसअघि गत बिहीवार मिर्जा गालिब स्ट्रीटका नौ वटा गेस्टहाउस र चार वटा रेस्तराँहरूलाई कारण बताऊ नोटिस जारी गरिएको थियो। यी सबैसित 24 घण्टाभित्रमा जवाफ मागिएको छ। अग्निकाण्डपछि कोलकाता नगरनिगम र अग्निशमन विभागले न्यू मार्कट तथा यस वरपरका होटल, गेस्ट हाउस एवं रेस्तराँहरूको जाँच बढ़ाएको छ।

यता ‘शिखा इन’ अग्निकाण्डलाई लिएर राजनीतिक आरोप-प्रत्यारोपको सिलसिला तीव्र भएको छ।भाजपाले होटललाई अनुमति दिनुमा पछिल्लो सरकारले गरेको कथित लापरवाहीमाथि प्रश्न उठाएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारी र नगर एवं शहरी विकास मन्त्री अग्निमित्रा पालले प्रश्न गरे, न्यूनतम सुरक्षा व्यवस्था बिनै यी होटलहरूलाई व्यापारिक लाइसेन्स कसरी प्राप्त भयो? तथा अग्निसन विभागको स्वीकृति अनि नगरनिगमको अनुमति कुन आधारमा दिइयो?

पूर्व शहरी विकास मन्त्री फिरहाद हकिमले उपरोक्त आरोपहरूको सन्दर्भमा भने, कुनै होटलसित व्यापारिक लाइसेन्छ छ कि छैन, यसको जाँच गर्नु एक्लै सम्भव थिएन। उनले यो पनि भने, यस समय एका-अर्कामाथि आरोप लगाउनाले कुनै फाइदा हुनेवाला छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande