
कोलकाता, 21 अगस्त (हि.स.)। पश्चिम बङ्गालको तारापीठ र मध्य कोलकातामा लगातार भएको दुई वटा होटल अग्निकाण्डमा 18 जना मानिसहरूले ज्यान गुमाएपछि राज्य अग्निशमन विभागले होटल, लज, तथा गेस्ट हाउसमा आगोदेखि बच्ने उपायहरूलाई अझ गड़ा बनाउने तयारी शुरू गरेको छ। विभागले निकास द्वारको रखरखाउ तथा आपत स्थितिमा मानिसहरूको सुरक्षित निकासीलाई लिएर नयाँ मानक सञ्चालन प्रक्रिया (एसओपी) बनाइरहेको छ।
अग्निशमन विभागका एकजना वरिष्ठ अधिकारी अनुसार नयाँ एसओपीको प्रारम्भिक खाका तयार गरिएको छ। दिशानिर्देश लागू भएपछि सबै होटल, लज तथा गेस्ट हाउसहरूको लागि यसलाई पालन गर्न अनिवार्य हुनेछ। नियमहरूको पालनलाई सुनिश्चित गर्नको लागि नियमित निरीक्षण पनि गरिनेछ।
नयाँ व्यवस्थामा सबैभन्दा अधिक निकाकस द्वारमाथि बल दिइएको छ। अधिकारीहरू मुताविक होटलको सबै निकास द्वार सदै खुल्ला र ताला नलगाएको हुनुपर्छ। निकास द्वारसम्म पुग्ने बाटोमा कुनै पनि प्रकारको सामान राखेर बाधा दिन पाउँदैन।
विभाग अनुसार निकास द्वार धातुको जालीदार संरचना भएको हुनुपर्छ ताकि आगलागी भएको स्थितिमा धुँवा बाहिर निक्लिन सकोस् अनि मानिसहरूलाई बाहिर निक्लिन सहज होस्। काठ, प्लाईवुड वा बोर्ड जस्तो ज्वलनशील सामग्रीबाट निकास द्वार बनाउने अनुमति दिइनेछैन।
नयाँ एसओपीमा आपातकालीन निकास द्वारको लागि स्पष्पट सङ्केतक लगाउने अनि प्रशिक्षित कर्मचाराीहरूलाई तैनाथ गर्ने प्रावधान हुनेछ। होटल प्रबन्धनले आपत स्थितिमा अतिथिहरूलाई सुरक्षित स्थानसम्म पुऱ्याउनको लागि प्रशिक्षित कर्मीहरूको व्यवस्था गर्नुपर्छ। यस अतिरिक्त होटलमा प्रवेश गर्दा अतिथिहरूलाई आगो जस्तो आपतकालीन स्थितिमा के गर्ने, के नगर्ने, यसको जानकारी दिन अनिवार्य बनाइएको छ।
छतसम्म पुग्ने बाटोलाई लिएर पनि कड़ा नियम बनाइनेछ। होटलको छतको ढोका सदैव खुल्रा राख्नुपर्छ अनि यो धातुको जालीदार संरचना हुन आवश्यक छ। छतसम्म पुग्ने सिँढ़ी तथा बाटोमा कुनै पनि प्रकारको अतिक्रमण वा सामान राख्ने अनुमति हुनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा