न्यू टाउनमा द्रूत गतिको कारले धेरै ठाउँ ठक्कर दियो, तीन जना युवक हिरासतमा
न्यू टाउनमा द्रूत गतिको कारले धेरै ठाउँ ठक्कर दियो, तीन जना युवक हिरासतमा


कोलकाता, 21 अगस्त (हि.स.)। न्यूटाउनमा शुक्रवार सवेरै एउटा द्रूत गतिको कारले विभिन्न ठाउँमा ठक्कर दिएको कारणले व्यापक खैलाबैला मचियो। आरोप छ, कार सवार तीन जना युवकहरूले मातेर अनियन्त्रित ढङ्गमा वाहन हाँकिरहेका थिए। दुर्घटना हुँदा कारको एउटा चक्का समेत बाहिर निक्लियो, तथापि कार फलामको रिङ्गको सहारामा गुड़िरह्यो। अन्ततः विश्व बङ्गला गेट अगाड़ि पुगेर सुरक्षा पर्खालमा ठोक्किएपछि कार रोकियो। न्यू टाउनथानाको पुलिसले कार सवार तीनै जना युवकहरूलाई हिरासतमा लिएको छ।

पुलिस सूत्र अनुसार द्रूत गतिको कार न्यून टाउनको ब लाका मोड़ भएर गुज्रिरहेको थियो। यस अवधि कार बाटोमा धेरै वटा ठाउँमा ठक्कर दिँदै अगाड़ि बढ़्यो। लगातार ठोक्किरहेको काणले कारको अघिल्लो भाग पूर्ण रूपले क्षतिग्रस्त भएको थियो। तथापि चालकले बाङ्गो-टिङ्गो गरेर कारलाई गुड़ाइरहेको थियो। आरोप छ, कारमा सवार तीनै जना युवकहरूले बबाल गरिरहेका थिए। न्यू टाउन गेट तर्फ जाँदा अचानक कारको एउटा चक्का निक्लिएर फलामको रिङ्ग मात्र वाहनमा बस्यो, तर चालकले वाहनलाई अगाड़ि बढ़ाउन छोड़ेन। केही पर विश्व बङ्गला गेट अगाड़ि सुरक्षा पर्खालसित ठोक्किएपछि मात्र कार रोकियो।

दुर्घटना भएको सूचना पाएर न्यूटाउन थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले दुर्घटनाग्रस्त कारलाई आफ्नो कब्जामा लियो भने कार सवार तीनै जना युवकहरूलाई हिरासतमा लियो। पुलिसले घटनाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande