
जिरीबाम (असम), 21 अगस्त (हि.स.)। मणिपुरको जिरीबाम जिल्लामा सुरक्षा बलहरूले संयुक्त अभियान सञ्चालन गरी 6 जना मानिसहरूलाई पक्राउ गरेका छन् भने यिनीहरूको कब्जाबाट 9.412 किलोग्राम संदिग्ध याबा ट्याबलेट तथा 177 ग्राम संदिग्ध हेरोइन नम्बर-4 पाउडर जफत गरिएको छ।
पुलिसद्वारा आज दिइएको जानकारी अनुसार गए 20 अगस्तको दिन बराक नदीको किनारमा अवस्थित टिपिडोर र चौधरीखाल गाउँ वरपर असामाजिक तत्वहरूको आवत-जावत भइरहेको विश्वसनीय सूचना प्राप्त भएपछि बोरोबेकरा पुलिस स्टेशन, 39औं असम राइफल्स र 20औं बटालियन सीआरपीएफको संयुक्त टीमले विशेष अभियान सञ्चालन गऱ्यो।
अभियानको क्रममा टिपिडोर गाउँ नजिकै स्थानीय नौकाबाट यात्रा गरिरहेका 6 जना मानिसहरूलाई रोकेर हिरासतमा लिइयो जसको जाँच गर्दा संदिग्ध मादक पदार्थ भेटियो।
यी आरोपीहरूको पहिचान एल्बेथेल लुङ्गटाऊ, पाना हमार, डेन्थार हमार, लालतियुङ्गलियन हमार, लाल रामथार हमार औ थौना हमारको रूपमा भएको छ। मामिलाको अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा