चीनी महँगो भएकोमा भड़्कियो हिन्दू सेना
चीनी महँगो भएकोमा भड़्कियो हिन्दू सेना


फर्रुखाबाद, 21 अगस्त (हि.स.)। जिल्लामा चीनीको अनियन्त्रित मूल्य वृद्धि तथा कालो बजारलाई लिएर अन्तर्राष्ट्रिय हिन्दू सेनाले कड़ा कदम उठाएको छ। प्रदेश अध्यक्ष शिवम त्रिपाठीको नेतृत्वमा सङ्गठनका पदाधिकारीहरूले जिल्लाधिकारी कार्यालयमा पुगेर मुख्यमन्त्री योगि आदित्यनाथको नाममा ज्ञापन सुम्पिए। ज्ञापनको माध्यमबाट बजारमा चीनीको मूल्य वृद्धिमाथि तत्काल लगाम लगाउने अनि जमाखोरहरूविरूद्ध कड़ा कारबाही गर्ने माग गरिएको छ।

प्रदेश अध्यक्ष शिवम त्रिपाठीले ज्ञापन सुम्पिँदै भने, चाड़-पर्वहरू मुखैमा आएको बेलामा चीनीको मूल्य अप्रत्याशित ढङ्गमा बढ़ेको देखिँदैछ। केही दिनभित्र चीनीको मूल्यले आकाश छुँदै गइरहेको जसबाट सर्वसाधाण मानिसहरू तथा मध्यमवर्गीय परिवारहरूको भान्साको बजट पूर्ण रूपले अनियन्त्रित भएको छ। लिङ्जीगञ्ज र मन्नीगञ्ज जस्ता प्रमुख व्यापारिक बजारहरूको गोदाममा चीनीलाई अवैध रूपमा जमा गरेर कृत्रिम अभाव उत्पन्न गर्नेहरूमाथि तत्काल छापामारी गरियोस्। जिल्ला प्रशासनको एक विशेष टीम गठन गरी बजारमा चीनीको मूल्यको सीमा तय गरियोस् ताकि आम जनताले राहत पाउन्।

यदि शासन-प्रशासनले चीनीको बढ़्दो मूल्यमा यथाशीघ्र लगाम नलगाए तथा जमाखोरहरूलाई नियन्त्रण नगरे अन्तर्राष्ट्रिय हिन्दू सेना सड़कमा उत्रेर व्यापक आन्दोलन गर्न बाध्य हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande