
बीरभूम, 21 अगस्त (हि.स.)। जिल्लाको नानुरमा उचकरन ग्राम पञ्चायतका उपप्रधान तृणमूल नेता शहिदुल आलम उपनाम फुलबाबूलाई नानुर पुलिसे बितेको बिहीवार राती उचकरन गाउँमा अवस्थित निजी घरबाट सरकारी आवास योजनाको लाभ दिने नाममा धन आर्जन गरेको आरोपमा पक्राउ गऱ्यो।
आरोप छ, उचकरन गाउँका एकजना बासिन्दाले आरोप लगाएका छन् कि आवास योजना अन्तर्गत घर दिने नाममा उबाट पैसा लिइयो। यसको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले छापामारी गरी उपप्रमुखलाई हिरासतमा लियो। यस पक्राउलाई लिएर राजनीतिक घमासान शुरू भएको छ। आरोपी तृणमूल नेताको परिवारले आरोपलाई निराधार बताएको छ। परिवारले आरोप लगायो, शहिदुल राजनीतिक षड़यन्त्रको शिकार भएका छन्। नानुर पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा