
प्रयागराज, 21 अगस्त (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्लामा अवस्थित शिवकुटी पुलिस थाना र एसओजी नगरको संयुक्त टोलीले चेन स्यान्चिङ ऱ्याकेटको पर्दाफास गरी शुक्रवार तीन अभियुक्तलाई पक्राउ गरेको छ। उनीहरूबाट पहेँलो धातुको चेन, दुई वटा अवैध 12 बोरको पेस्तोल, एउटा जिउँदो कारतूस र घटनामा प्रयोग गरिएको मोटरसाइकल जफत गरिएको छ।
नगर पुलिस उपायुक्त सागर जैनले बताए, कौशांबी जिल्लाको सन्दीपघाट थाना क्षेत्रअन्तर्गत बदनपुर घाट नरवर पट्टी गाउँका बासिन्दा अङ्कित कुमार, सोही गाउँका सनुज कुमार, करारी थाना क्षेत्र अन्तर्गत बभनपुरा गाउँका हरिशचन्द्रका छोरा रामजाने पक्राउ परेका अभियुक्त हुन्।
तीन जना विरुद्ध शिवकुटी पुलिस थानामा मुद्दा दर्ता गरिएको छ र अभियुक्तको खोजी भइरहेको थियो। शुक्रवार सूचनाको आधारमा पुलिस टोलीले घेरा हालेर तीन जना अभियुक्तलाई पक्राउ गऱ्यो। रिकभरीको आधारमा तीन अभियुक्तविरुद्ध धाराहरू बढ़ाइएको छ।
शिवकुटी पुलिस र एसओजी नगरको संयुक्त टोलीले तीन जना वांछित अभियुक्तलाई पक्राउ गरेको नगरका पुलिस उपायुक्तले बताए। पक्रा परेका अभियुक्तहरूको आपराधिक सञ्जाल र अन्य घटनामा संलग्नताबारे जानकारी जुटाउन पनि सोधपुछ भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी