
मथुरा, 21 अगस्त(हि.स.)। कोतवाली वृन्दावन क्षेत्रको वृन्दावन रुक्मिणी विहार गोल चक्कर नजिकै अवस्थित ओमेक्सको निर्माणाधिन मलमा शुक्रवार बिहान एउटा ठूलो दुर्घटना भयो। चौथो तलामा लेन्टर लगाउँदै गर्दा अचानक शटरिङ्ग तल झऱ्यो जसको चपेटमा परी घटनास्थलमा काम गरिरहेका श्रमिकहरू मुनि दबिए। घटनास्थलमा कोकोहोलो मचियो।
यस घटनामा चार जना श्रमिकहरू दबिएका थिए जसमध्ये नेपाल निवासी शिवरामको घटनास्थलमै मृत्यु भयो भने पश्चिम बङ्गालका आलम र रफिकको अस्पताल लैजाने क्रममा मृत्यु भयो। यसरी नै चौथो श्रमिक दिलदार (पश्चिम बङ्गाल)-को अवस्था चिन्ताजनक रहेको छ जसलाई प्राथमिक उपचारपछि उन्नत उपचारको निम्ति आगराको एसएन मेडिकल कलेजमा रेफर गरिएको छ।
घटना बारे सूचना पाउनसाथ अधिकारीहरू घटनास्थलमा पुगे। जिल्लाधिकारी चन्द्र प्रकाश सिंह अनि वरिष्ठ पुलिस अधीक्षक श्लोक कुमारले राहत एवं बचाउ कार्यको जायजा लिए। जिल्लाधिकारीले बताए, दुर्घटना भएको जानकारी पाउनसाथ पुलिस र फायर ब्रिगेडका टीमहरूलाई रेस्क्यू अपरेशनमा खटाइयो। दमकल विभागको गहन खोजी अभियानपछि यो पुष्टि गरिएको छ कि अब अवशेषहरूमा कोही पनि फसेका छैनन्। मृतकहरूका परिवारहहरूसित सम्पर्क गरिँदैछ। मामिलाको जाँच गरी नियमानुसार कड़ा कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा