
जलपाईगुड़ी, 21 अगस्त (हि.स.)। जलपाईगुड़ीको टिस्टा पुलमा गए बिहीवार राती भएको भयङ्कर सड़क दुर्घटनामा दुई जना ट्रक चालकहरूको मृत्यु भयो। जानकारी अनुसार भुटान गइरहेको एउटा ट्रक बिग्रिएको कारणले पुलमा खड़ा थियो। ट्रक चालकले वाहनलाई मरम्मत गरिरहेको थियो। यसै अवधि पछाड़िबाट द्रूतगतिमा आइरहेको एउटा कन्टेनरले उक्त ट्रकलाई ठक्कर दियो। ठक्कर लागेपछि कन्टेनरको अघिल्लो भाग ट्रकको पछिल्लो भागमा पस्यो जसले गर्दा दुवै चालक वाहनभित्रै फसे।
घटनाको सूचना पाउनसाथ हाइवे ट्राफिक पुलिस, कोतवाली थाना पुलिस, सदर ट्राफिक पुलिस तथा मयनागुड़ी दमकल विभागका टीमहरू घटनास्थलमा पुगे। लामो प्रयत्नपछि ग्यास कटरको मद्दतले दुवै वाहनका भागहरूलाई काटेर चालकहरूलाई बाहिर निकालियो। गम्भीर अवस्थामा दुवैलाई जलपाईगुड़ी मेडिकल कलेज एवं अस्पतालमा लगियो।
अस्पतालमा पुऱ्याएपछि डाक्टरहरूले एकजना चाललाई मृत घोषित गरिदिए। दोस्रो चालकको अवस्था गम्भीर थियो जसको उपचारको क्रममा मृत्यु भयो। दुवै मृत चालकहरूको पहिचान अहिलेसम्म हुन सकेको छैन। पुलिसले पहिचान गर्ने प्रयास गरिरहेको छ।
दुर्घटनापछि राष्ट्रिय राजमार्गमा लामो समयसम्म जाम लाग्यो। पुलिस अनि बचाउ दलको कारबाहीपछि यातायात बिस्तारै सामान्य भयो। मामिलाको जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा