
हुगली, 21 अगस्त (हि.स.)। अन्नपूर्ण भण्डार योजना अन्तर्गत तीन हजार रुपियाँ मासिक आर्थिक सहायता प्राप्त भएको खुशीमा शुक्रवार चुँचुड़ास्थित नेताजी सुभाष सेवा केन्द्रमा महिलाहरूको व्यापक भीड़ उर्लियो। राशि पाएपछि ठूलो सङ्ख्यामा लाभार्थी महिलाहरू विधायक सुबिर नागलाई फूल र मिठाई दिएर धन्यवाद दिन पुगे।
यस अवसरमा विधायक सुबिर नागले सेवा केन्द्रमा पुगेका महिलाहरूसित बातचित गर्दै उनीहरूलाई अन्नपूर्ण भण्डारको आर्थिक सहायता प्राप्त भएकोमा बधाई दिए। महिलाहरूले योजना अन्तर्गत प्राप्त हुने राशिको लागि विधायक र सरकारप्रति आभार व्यक्त गरे।
विधायकले भने, यस योजनाका पात्र महिलाहरू जसले कुनै कारणवश अहिलेसम्म राशि प्राप्त गर्न सकेका छैनन्, उनीहरूको समस्यालाई पनि गम्भीर रूपमा विचार गरिँदैछ। उनले आश्वासन दिए, कुनै पनि पात्र लाभार्थी सरकारी सहायतादेखि वञ्चित नहरोस्, यसको लागि आवश्यक सहयोग गरिनेछ।
सुबिर नागले यो पनि भने, जुन पात्र लाभार्खीहरूलाई कुनै कारणवश यस महिना राशि प्राप्त भएको छैन, उनीहरूलाईआगामी महिना योजनाको लाभ दिलाउनको लागि हरसम्भव सहयोग गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा