
रोहतक, २५ अगस्त (हि.स.)। जिल्ला कारागार सुनारियाले गुरमीत राम रहीमलाई २१ दिनको फरलो स्वीकृत गरेको छ। यो पहिलो पटक होइन कि उनी जेलबाट बाहिर आएका हुन्। यसअघि उनी १६ पटक जेलबाट बाहिरिसकेका छन्। अहिले उनी १७औँ पटक जेलबाट बाहिर निस्किएका छन्।
यौन शोषण तथा हत्या प्रकरणमा सजाय भोगिरहेका डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहीम फेरि एकपटक सुनारिया जेलबाट बाहिर आएका छन्।
प्रारम्भिक जानकारीअनुसार, राम रहीमलाई २१ दिनको फरलो प्रदान गरिएको छ। त्यसपछि मंगलबार बिहान कडा सुरक्षा व्यवस्थाबीच उनलाई जेलबाट बाहिर निकालिएको र सिरसातर्फ पठाइएको हो। गुरमीत राम रहीम १७औँ पटक रोहतकको सुनारिया जेलबाट पैरोल वा फरलोमा बाहिर आएका छन्।
साध्वीहरूमाथि यौन शोषण गरेको आरोपमा दोषी ठहरिएपछि अगस्त २०१७ मा उनलाई सुनारिया जेल पठाइएको थियो। साथै पत्रकार रामचन्द्र छत्रपति हत्या प्रकरणमा पनि उनलाई सजाय सुनाइएको छ।
यस वर्ष दुई पटक पेरोल
सन् २०२६ मा राम रहीमले यसअघि दुई पटक जेलबाहिर रहने अवसर पाइसकेका छन्। जनवरी महिनामा उनलाई ४० दिनको पेरोल र मई महिनामा ३० दिनको पेरोल प्रदान गरिएको थियो। मई महिनाको ३० दिनको पेरोल अवधि पूरा गरेपछि उनी २६ जूनमा पुनः सुनारिया जेल फर्किएका थिए।
अब फेरि २१ दिनको फरलो पाएपछि राम रहीम जेलबाट बाहिर आएका छन्। उनको रिहाइका क्रममा कडा सुरक्षा व्यवस्था अपनाइएको थियो र पुलिस निगरानीमा उनलाई सिरसातर्फ पठाइयो। १७औँ पटक जेलबाट बाहिरिएपछि उनको पेरोल र फरलोबारे फेरि चर्चा चुलिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी