
शोपियाँ, २५ अगस्त (हि.स.)। सुरक्षा बलले मंगलबार दक्षिण कश्मीरको शोपियाँ जिल्लामा नाका जाँचका क्रममा तीन जना संदिग्धलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट दुईवटा ह्यान्ड ग्रेनेड र पाँचवटा पोस्टर बरामद गरिएको छ। पोस्टरमा कथित रूपमा हिजबुल मुजाहिदीन (एचएम) का चिह्न रहेको बताइएको छ।
एक अधिकारीका अनुसार, नाका जाँचका क्रममा मोटरसाइकलमा सवार तीन जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा जुनैद अहमद डार, आमिर युसुफ र जुनैद मुजफ्फर रहेका छन्। उनीहरू सबै कुलगामका बासिन्दा रहेको प्रहरीले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी