
गुवाहाटी, 27 अगस्त (हि.स.)। असम सरकारको गृह (ए) विभागले पूर्वी गुवाहाटी पुलिस जिल्ला अन्तर्गत काहिलीपारा पुलिस थाना स्थापित गरिएको अधिसूचना जारी गरेको छ। यो आदेश तत्काल प्रभावदेखि लागू भएको छ।
अधिसूचना अनुसार कानून-व्यवस्थाको प्रभावकारी रखरखाउ अन जनसेवा गर्ने उद्देश्यले दिसपुर पुलिस थानाको वर्तमान क्षेत्राधिकारलाई दुई भागमा विभाजित गरिएको छ जसान्तर्गत नयाँ काहिलीपारा थाना बनाइएको छ। नयाँ थाना अन्तर्गत उदालबकरा आउटपोस्ट र भगदत्तपुर आउटपोस्टलाई सामेल गरिएको छ जुन पहिला दिसपुर थाना क्षेत्रको अधिनमा थियो।
नयाँ काहिलीपारा थाना हाल उदालबकरा आउटपोस्टको वर्तमान परिसरबाट सञ्चालन हुनेछ। थानाको लागि नयाँ भवन निर्माण भएपछि यसलाई त्यहाँ स्थानान्तरण गरिनेछ।
अधिसूचनामा काहिलीपारा औ दिसपुर पुलिस थानाको क्षेत्राधिकार बारे विस्तृत विवरण दिएको छ। यो अधिसूचना असम पुलिस अधिनियम, 2007- को धारा 11 अन्तर्गत जारी गरिएको छ। गृह एवं राजनीतिक विभागका अतिरिक्त मुख्य सचिव अजय तिवारीले अधिसूचनामा हस्ताक्षर गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा