
कछार (असम), 27 अगस्त (हि.स.)। लागुऔषध तस्करी विरुद्ध एउटा ठूलो कारबाहीमा असमको कछार जिल्लामा पुलिसले लगभग 168 करोड़ रुपियाँ मूल्यका 5.60 लाख याबा ट्याब्लेट जफत गरेको छ। पुलिसले लखीपुरको जुजाङ पहाड़ क्षेत्रमा गुप्त सूचनामा कारबाही गरेको थियो।
पुलिस अनुसार, मणिपुरबाट आउँदै गरेको ट्रकलाई रोकेर खोजी गरियो। खोजीको क्रममा ट्रकबाट ठूलो मात्रामा याबा ट्याब्लेटहरू जफत गरियो। जफत गरिएको नार्कोटिक ट्याब्लेटको अनुमानित मूल्य लगभग 168 करोड़ रुपियाँ रहेको बताइएको छ।
यस मामिलामा पुलिसले एक जना युवकलाई पक्राउ गरेको छ।उसित सोधपुछ भइरहेको छ। यति ठूलो मात्रामा मादक पदार्थ कहाँबाट ल्याइएको थियो र कहाँ ढुवानी गर्ने थियो भनेर पत्ता लगाउने प्रयास भइरहेको छ।
पुलिसले यस मामिलामा अनुसन्धान शुरु गरेको छ। अधिकारीहरू अनुसार, यस नेटवर्कसँग सम्बन्धित अन्य व्यक्तिहरूको पत्ता लगाउन पनि अनुसन्धान भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी