मानसज्योति चेतियाको मृत्यु मामिलामा पाँच जना आरोपी हिरासतमा
मानसज्योति चेतियाको मृत्यु मामिलामा पाँच जना आरोपी हिरासतमा


शिवसागर (असम), 27 अगस्त (हि.स.)। मुख्यमन्त्रीको निर्देशपछि शिवसागर पुलिसले मानसज्योति चेतियाको मृत्यु मामिलामा कारबाहीलाई तीव्रता दिएको छ। पुलिसले मामिलाको सिलसिलामा पाँच जना मानिसहरूलाई क्रमैले आबिदुर रहमान, सुबेरा बेगम, सेलिमुर रहमान, सलिमा बेगम र अनवारा बेगमलाई हिरासतमा लिएको छ।

स्मरण गराइन्छ, बिहुबारमा भएको एउटा घटनापछि चेतियालाई घाइते अवस्थामा गत 23 अगस्तको राती लगभग साढ़े दश बजे भेटिएको थियो। त्यसपछि उनलाई उपचारको निम्ति लगिएको थियो, तर 25 अगस्तमा उनको मृत्यु भएको थियो। पुलिसले यस मामिलामा अहिलेसम्ममा पाँच जना मानिसहरूलाई हिरासतमा लिसकेको छ। पुलिसले अन्य पक्षहरूको पनि जाँच गरिरहेको छ।

घटनापछि कड़ा कारबाही गर्ने माग उठेको छ। श्रृङ्गल चलिहाले ममिलामा पुलिस कारबाही गरिएकोमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाप्रति आभार व्यक्त गरेका छन्। उनले आरोपीहरू विरूद्ध कारबाही गर्ने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande