गुवाहाटीको पाण्डुमा ब्रह्मपुत्रनदीमा नुहाउन गएको आठौं कक्षाको छात्र बेपत्ता
गुवाहाटीको पाण्डुमा ब्रह्मपुत्रनदीमा नुहाउन गएको आठौं कक्षाको छात्र बेपत्ता


गुवाहाटी, 27 अगस्त (हि.स.)। गुवाहाटीको पाण्डुमा ब्रह्मपुत्र नदीमा नुहाउन गएको आठौं पक्षाको छात्र प्रियम डेका बेपत्ता भएको घटनाले खैलाबैला मचिएको छ।छात्रको खोजीमा एसडीआरएफको टीमले बिहीवार बिहानदेखिकै अभियान चलाइरहेको छ।

परिवारजन अनुसार प्रियम स्कूलबाट फर्किएपछि आफ्ना केही साथीहरूसित खेल्नको लागि घरबाट गएको थियो। भनिन्छ, उ यसअघि कहिल्यै पनि पानीमा पसेको थिएन। उसलाई पौड़िन पनि आउँदैथ्यो।

छोरा बेपत्ता भएपछि उसकी आमा ब्रह्मपुत्रको किनारमा बसेर रोइरहेकी छे। छात्रको खोजीमा बचाउ अभियान जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande