
साहिबगञ्ज, 27 अगस्त (हि.स.)। नेपालमा आएको भयानक बाढ़ीलाई ध्यानमा राखेर झारखण्ड सरकार अलर्ट मोडमा छ। झारखण्डको साहिबगञ्ज पनि बाढ़ीको चपेटमा परेको छ। गङ्गा नदीका सहायक नदिहरू क्रमैले पस्न थालेको छ जसबाट गङ्गा नदीको जलस्तर द्रूत गतिमा बढ़्ने आशङ्का छ।
यसबीच जिल्ला प्रशासनले लगातार दियारा क्षेत्रको दौड़ाह गरिरहेको छ भने मानिसहरूलाई सुरक्षित स्थानमा जाने अपील गरिरहेको छ। जिल्ला प्रशासनले मानिसहरू र पशुहरूको निम्ति बस्ने सेन्टर बनाएको छ। यी सबै स्थानहरूमा खान-पान तथा औषधि सुविधा उपलब्ध गराइएको छ।
सदर खण्डको कारगिल दियारास्थित गङ्गामा कटाउ शुरू भएको छ। दर्जनौं घर गङ्गाको काखमा विलिन भइसकेका छन्। दियारा क्षेत्र जलमग्न हुन थालेको छ। केही मानिसहरू सुरक्षित स्थानहरूमा पलायन भइरहेका छन्।
बिहीवार गङ्गा नदी खतराको निशान 27.25 मीटरदेखि 58 सेमी माथि बगिरहेको छ। बिहान 6 बजे गङ्गाको जलस्तर 27.85 मीटरमा पुगेको छ। तथापि गङ्गा नदीको गति घटे पनि नेपालको पानी बिहार तर्फ आइरहेको छ, त्यसैले गङ्गामा आएको पानीको साहिबगञ्जमा प्रभाव देखिनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा