जलपाईगुड़ी नगरपालिकाका चेयरम्यान सैकत चट्टोपाध्यायले दिए राजीनामा
जलपाईगुड़ी नगरपालिकाका चेयरम्यान सैकत चट्टोपाध्यायले दिए राजीनामा


जलपाईगुड़ी, 27 अगस्त (हि.स.)। तृणमूल कङ्ग्रेसको नियन्त्रणमा रहेको जलपाईगुड़ी नगरपालिकामा राजनीतिक सङ्कट गहिरिँदै गइरहेको छ। नगरपालिकाका चेयरम्यान सैकत चट्टोपाध्यायले बिहीवार आफ्नो पदबाट राजीनामा दिए। केही दिनअघि केही पार्षदहरूले चेयरम्यान विरूद्ध अविश्वास प्रस्ताव पेश गरेका थिए जसमा तृणमूल कङ्ग्रेसका केही पार्षदहरू पनि सामेल थिए। आरोप छ, निर्धारित समयसम्म पनि चेयरम्यानले अविश्वास प्रस्तावमाथि बैठक डाकेनन्।

त्यसपछि राज्यको नगर एवं शहरी विकास विभागले चेयरम्यानलाई कारण बताऊ नोटिस जारी गऱ्यो। नोटिसमा प्रश्न गरिएको छ, वर्तमान नगरपालिका बोर्डलाई किन भङ्ग गर्न सकिँदैन? विभागले तीन दिनभित्रमा लिखित जवाफ मागेको थियो। यसै घटनाक्रमपछि बिहीवार सैकत चट्टोपाध्यायले चेयरम्यान पदबाट राजीनामा दिए। उनले राजीनामा दिएपछ जलपाईगुड़ी नगरपालिकामा तृणमूलको बोर्डमाथि सङ्कत अझ् गहिरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande