साइबर ठगीका भगौड़ा अभियुक्तलाई कोलकाताबाट पक्राउ गरियो
साइबर ठगीका भगौड़ा अभियुक्तलाई कोलकाताबाट पक्राउ गरियो


देहरादून, 27 अगस्त (हि.स.)। उत्तराखण्ड विशेष कार्य बल (एसटीएफ)- को साइबर टीमले लगभग 3.20 करोड़ रुपियाँको साइबर ठगीको मामिलामा भगौड़ा अभियुक्तलाई कोलकाताबाट पक्राउ गरेको छ। पुलिसले उसको कब्जाबाट दुई वटा मोबाइल फोन, चार वटा सिम कार्ड र एउटा ल्यापटप जफत गरेको छ।

पुलिस अनुसार साइबर क्राइम पुलिस स्टेशन देहरादूनमा दर्ता मामिलाको जाँचमा थाहा लाग्यो, साइबर अपराधीहरूले एउटा कम्पनीका म्यानेजिङ्ग डाइरेक्टरको नाम र पहिचानलाई प्रयोग गरी व्हाट्सएपको माध्यमबाट उसकै जनरल म्यानेजरसित सम्पर्क गरे। आरोपीहरूले एउटा प्रोजेक्टको एडभान्स भुक्तान तथा अन्य आवश्यक भुक्तानहरूको नाममा जनरल म्यानेजरलाई विश्वासमा लिएर विभिन्न ब्याङ्क खाताहरूमा रकम ट्रान्सफर गराए। जाँचमा कम्पनीको ब्याङ्क खातामा पनि ठगीको रकमलाई ट्रान्सफर गरिएको कुरा पत्तो लाग्यो। यसरी जाली पहचान र डिजिटल माध्यमलाई प्रयोग गरी लगभग 3.20 करोड़ रुपियाँ ठगियो।

एसटीएफ एसएसपी अजय सिंहले साइबर क्राइम पुलिस टीमलाई तकनिकी विश्लेषणसितै म्यानुअल इनपुट विकसित गरी अभियुक्तहरूलाई खोज्ने निर्देश दिए। टीमले लगातार प्रयास गरेर महत्वपूर्ण जानकारीहरू जुटायो अनि यसैको आधारमा कोलकाता पुगेर चन्द्रकान्त मिश्रा, निवासी ग्रीन फील्ड सिटी, कोलकाता, पश्चिम बङ्गाललाई निजी निवासबाट पक्राउ गऱ्यो।

प्रारम्भिक जाँचमा अभियुक्तको ल्यापटपबाट विभिन्न कम्पनी अनि संस्थाहरूसित सम्बन्धित दस्तावेज, ब्याङ्क लोनको आवेदन, विभिन्न व्यक्तिहरूको आधार कार्ड र प्यान कार्डको प्रति एवं अन्य महत्वपूर्ण दस्तावेजहरू भेटिएको छ। जफत गरिएको मोबाइल फोन र ल्यापटपको फरेन्सिक परीक्षण गराइँदैछ। पुलिसले अभियुक्तलाई ठगीमा उसको भूमिका, धनराशिको लेन-देन तथा अन्य सहयोगीहरूको बारेमा जांँचबुझ गरिरहेको छ।

एसटीएफ अनुसार यस मामिलामा पूर्वमा तीन जना अभियुक्तहरूलाई पक्राउ गरी उनीहरूविरूद्ध न्यायालयमा आरोप पत्र दर्ता गरिसकिएको छ।प्रकरणमा सामेल अन्य मानिसहरू र साइबर अपराधको नेटवर्कको सम्बन्धमा जाँच एवं आवश्यक कारबाही जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande