
कोलकाता, 27 अगस्त (हि.स.)। न्यूटाउनमा सूचना प्रौद्योगिकी क्षेत्रको कम्पनी एलएण्डटीको नयाँ विशाल कार्यालय परिसर ‘आनन्द निकेतन’- को बिहीवार मुख्यमन्त्री शुभेन्दु अधिकारीले उद्घाटन गरे। उनले दीप प्रज्जवलित गरी परिसरको उद्घाटन गरे। लगभग 7.48 लाख वर्ग फुट क्षेत्रमा फैलिएको यस कार्यालयबाट राज्यमा रोजगारको नयाँ अवसर सृजना हुने आशा छ।
उद्घाटनपछि मुख्यमन्त्रीले बताए, न्यूटाउनस्थित यस परिसरमा 5,800 मानिसहरूले रोजगार पाउनेछन्। उनले पश्चिम बङ्गालका ती कुशल एवं प्रतिभाशाली मानिसहरूलाई राज्यमा फर्किने अपील गरे जो अवसरहरूको खोजीमा बेङ्गलुरू, हैदराबाद वा विदेशमा गएका छन्।
मुख्यमन्त्रीले भने, “कृपया फर्केर आउनुहोस्। यहाँ डबल इञ्जिनको सरकार स्थापित भएको छ।”
कार्यक्रममा मुख्यमन्त्र अतिरिक्त विधायक पीयूष कनोरिया पनि उपस्थित थिएष कार्यालयको उद्घाटन गर्दै शुभेन्दु अधिकारीले भने, डबल इञ्जिन सरकार राज्यको विकासको लागि प्रतिबद्ध छ। उनले भने, एलएण्डटीको यो नयाँ परिसर यस कुराको सन्देश हो कि पश्चिम बङ्गालले फेरि देशको शीर्ष स्थान हासिल गर्नसक्छ।
मुख्यमन्त्रीले भने, सरकार राज्यमा रोजगारको अवसर बढ़ाउनको लागि प्रतिबद्ध छ अनि स-साना उद्योग एवं उद्यमीहरूलाई पनि हरसम्भव सहयोग गरिनेछ। उनले भरोसा दिलाए, आगामी दिनमा पश्चिम बङ्गालमा अझ अधिक निवेश हुनेछ।
शुभेन्दु अधिकारीले भने, “राज्यमा कुशल कर्मचारीहरूको कुनै अभाव छैन। पछिल्लो सरकारले योग्य मानिसहरूलाई सम्मान दिन सकेन। तर अब परिस्थित परिवर्तन भएको छ। अब युवाहरूले राज्य छोड़्ने कुनै आवश्यकता छैन। बङ्गालको पुनर्निर्माणको लागि डबल इञ्जिन सरकार प्रतिबद्ध छ। हामीलाई आशा छ, पश्चिम बङ्गालमा थप निवेश आउनेछ। पश्चिम बङ्गाललाई नयाँ शिराबाट विकसत गर्ने हाम्रो लक्ष्य हो।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा