एक दिनका लागि ‘गाउँबुढ़ा’ भए असमका मुख्यमन्त्री डा. सरमा
एक दिनका लागि ‘गाउँबुढ़ा’ भए असमका मुख्यमन्त्री डा. सरमा


गुवाहाटी, 30 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार सोशल मीडिया पोस्टको माध्यमबाट बताए, उनलाई गए शनिवार शिलङ्गस्थित असम रेजिमेन्टल सेन्टरमा एक दिनको लागि ‘गाउँबुढ़ा’ बन्ने सम्मान प्राप्त भयो।

मुख्यमन्त्रीले भने, ‘गाउँबुढ़ा’ शब्दलाई असम रेजिमेन्टले पछिल्लो लामो समयदेखिकै पूर्ण आस्था अनि एक परम्पराको रूपमा निभाउँदै आइरहेको छ। असम र पूर्वोत्तरका गाउँहरमा ‘गाउँबुढ़ा’ शब्द सामाजिक रूपमा परिचित औ महत्वपूर्ण छ।

उनले भने, असम रेजिमेन्टले यस पारम्परिक शब्दलाई सैन्य क्षेत्रमा पनि सम्मानजनक पहिचान दिनको साथै असमको विशिष्ट परम्परालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा उजागार गरेको छ।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, शिलङ्गस्थित असम रेजिमेन्ट सेन्टरमा एक दिनका लागि ‘गाउँबुढ़ा’ बन्ने अवसर उनको लागि अत्यन्त सौभाग्य एवं सम्मानको क्षण हो। उनले यस अविस्मरणीय अनुभवको लागि असम रेजिमेन्टप्रति आभार व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande