
माजुली (असम), 30 अगस्त (हि.स.)। असमको माजुली जिल्ला अन्तर्गत कमलाबाड़ीमा आइतवार भएको भयानक सड़क दुर्घटनामा फिल्म निर्देशक एवं सांस्कृतिक कर्मी नीलानन्द दासको मृत्यु भयो।
प्राप्त जानकारी अनुसार नीलानन्द दासको वाहन अचानक अनियन्त्रित भएर सड़क किनार खाड़लमा पस्यो। यस घटनामा उनलाई गम्भीर चोट लागेको कारणले उनको मृत्यु भयो।
बताइन्छ, नीलानन्द दास माजुलीमा फिल्म निर्माण कार्यमा व्यस्त थिए। उनको असामयिक निधनले सांस्कृतिक जगत एवं मानिसहरूमा शोक छाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा