नेपालको बाढ़ीमा फसेका असमका आठ जना मानिसहरू सुरक्षित
नेपालको बाढ़ीमा फसेका असमका आठ जना मानिसहरू सुरक्षित


गुवाहाटी, 30 अगस्त (हि.स.)। नेपालमा फसेका असमका आठ जना मानिसहरूलाई सुरक्षित बचाइएको छ। उनीहरूलाई आइतवार असम ल्याइँदैछ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोशल मीडियाको माध्यमबाट आज उक्त आशयको जानकारी दिए।

मुख्यमन्त्रीले बताए, नेपालमा फसेका असमका आठ जना मानिसहरूलाई अहिलेसम्ममा निकालिसकिएको छ। असम सरकारको सक्रिय पहलमा यिनीहरू सबैलाई आज नेपालबाट असममा ल्याउने प्रक्रिया भइरहेको छ।

नेपालमा फसेका नलबाड़ीका समर बेजबरुवाले फोनको माध्यमबाट आफ्नो परिवारलाई आफू सुरक्षित रहेको जानकारी दिएका छन्। अर्कोतिर यसरी नेपालमा बपेत्ता हुने असमका मानिसहरूको सङ्ख्या बढ़ेर दश पुगेको छ। अधिकारीहरूद्वारा बेपत्ता भएका मानिसहरूको बारेमा पत्तो लगाउने अनि उनीहरूलाई सुरक्षित ल्याउने प्रयासलाई जारी राखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande