
पूर्वी सिंहभूम, 30 अगस्त (हि.स.)। आजाद नगर थाना क्षेत्रको पारडिह चौक निकट आइतवार भएको सड़क दुर्घटनामा सरायकेला-खरसावाँ जिल्लाको चाँडिल बजार निवासी मोहित दासको मृत्यु भयो।मोटर साइकल मार्फत जमशेदपुर गइरहेका मोहितलाई पारडिह चौकको छेउमा एउटा अज्ञात वाहनले ठक्कर दियो जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो।
दुर्घटनापछि घटनास्थलमा वरपरका मानिसहरू भेला भए। जानकारी पाएर आजाद नगर थानाको पुलिसले पनि घटनास्थलमा पुगी मामिलाको जाँच शुरू गऱ्यो।
पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। दुर्घटनामा सामेल वाहनलाई चिन्हित गर्न पुलिसले वरपरका सीसीटी फुटेज जाँच गरिरहेको छ।
मोहितको मृत्यु भएको थबर चाँडिल बजारमा पुग्नसाथ क्षेत्रमा शोक फैलियो। परिवारका सदस्यहरूको रोएर बेहाल भएको छ। भनिन्छ, मोहितको पिता सन्तोष दासको पहिला नै मृत्यु भइसकेको छ। यस्तो स्थितिमा अचानक छोराको पनि मृत्युले परिवारमा ठूलो वज्रपात भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा