
कोलकाता, 30 अगस्त (हि.स.)। तृणमूल कङ्ग्रेसका राज्यसभा सांसद डेरक ओ’ब्रायनको घरमा आइतवार बिहान शेक्सपियर सरणी थानाको पुलिस पुग्यो। कम्याक स्ट्रीटस्थित तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीको कार्यालयबाट अवैध बिलबोर्डलाई हटाउँदा भएको ववादमा डेरेकको नाम पनि मुछिएको छ। मामिलामा दर्ता प्राथमिकीमा उनलाई आरोपी बनाइएको छ। पुलिसले जाँचबुझको लागि उनको घरमा पुगेर नोटिस दिएको छ।
सूत्र मुताविक गए शनिवार पनि पुलिस डेरेकको घरमा नोटिस दिन गएको थियो, तर त्यसबेला उनी घरमा थिएनन्। उनका सुरक्षा कर्मीहरूले उनी घरमा नभएको पुलिसलाई जानकारी दिएका थिए जसकारम नोटिस दिन सकिएन। त्यसपछि आइतवार बिहान पुलिस प्रिन्स अनवर शाहस्थित उनको घरमा पुग्यो। पुलिसकर्मीहरूले घर मुनि तैनाथ सुरक्षा गार्डसित धेरै बेरसम्म बातचित गऱ्यो।त्यसपछि एकजना सुरक्षा गार्डलाई नोटिस सुम्पिएर पुलिस त्यहाँबाट गयो। सूत्र अनुसार डेरेकलाई सोमवार शेक्सपियर सरणी थानामा जाँचबुझको लागि बोलाइएको छ।
वास्तवमा गत बिहीवार साँझ कोलकाता नगरनिगमका अधिकारीहरू कम्याक स्ट्रीटस्थित अभिषेक ब्यानर्जीका कार्यालयबाट एउटा बिलबोर्ड हटाउनका लागि पुगेका थिए। आरोप छ, तृणमूल कङ्ग्रेसको नाममा उक्त बिलबोर्ड अवैध रूपमा लगाइएको थियो। नगरनिगम मुताविक बिलबोर्ड जोखिमपूर्ण अवस्थामा झुण्डिरहेको थियो, त्यसैले त्यसलाई हटाउने कारबाही गरियो।
यस अवधि अभिषेक ब्यानर्जी र उनका समर्थकहरूले नगरनिगमका कर्मचारीहरूलाई काम गर्नदेखि रोकेको आरोप छ। पुलिसको मद्दतले कार्यालयमा प्रवेश गर्दा त्यहाँ तनाउ उत्पन्न भयो। पुलिसकर्मी र नगरनिगमका अधिकारीहरूमाथि कुटपिट पनि गरिएको आरोप लगाइएको छ।
कम्याक स्ट्रीटको घटनालाई लिएर शेक्सपियर सरणी थानामा तीन वटा प्राथमिकी दर्ता गरिएको छ जसमा एउटा सिकायत नगरनिगम अधिकारीले गर्का छन् भने दोस्रो पार्क स्ट्रीट थानाका सहायक पुलिस निरीक्षणको पक्षबाट दर्ता गरिएको छ। सरकारी अधिकारीहरूलाई काम गर्नदेखि रोकेको तथा कुटपिट गरेको आरोप सहित महिला पुलिसकर्मीहरूसित दुर्व्यवहार र अश्लील कृत्य गर्ने प्रयास गरेको आरोपमा मामिला दर्ता गरिएको छ।
मामिलामा अभिषेक ब्यानर्जी अतिरिक्त डेरेक ओ’ब्रायन, वैश्वानर चट्टोपाध्याय औ हुमायुँ कबीर समेत केही मानिसहरूको नाम आरोपीको रूपमा सामेल छ। पुलिस सूत्रानुसार वैश्वानर र हुमायुँ सहित अन्य आरोपीहरूलाई पनि जाँचबुझको लागि नोटिस जारी गर्नसक्छ। पुलिसले अहिलेसम्ममा 14 जना मानिसहरूलाई पक्राउ गरिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा