
जोरहाट (असम), 14 सेप्टेम्बर (हि.स.)। असममा पहिलो पटक जोरहाटमा आयोजित जिल्ला आयुक्त सम्मेलनको सोमवार दोस्रो दिन राज्यका विभिन्न जिल्लाहरूमा भइरहेका विकास कार्य, प्रशासनिक मामिला तथा जनहितसित सम्बन्धित महत्वपूर्ण मुद्दाहरूलाई लिएर मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले जिल्ला आयुक्तहरूसित विचार-विमर्श गरिरहेका छन्।
गए आइतवार पहिलो दिनको सम्मेलन अपरान्ह 2 बजे शुरू भएर अबेर राती 12 बजेसम्म यथावत रह्यो। यस अवधि मुख्यमन्त्रीले विभिन्न जिल्लाहरूका जिल्ला आयुक्तहरूसित विकास योजनाहरूको प्रगति, प्रशासनिक व्यवस्था एवं अन्य महत्वपूर्ण विषयहरूको समीक्षा गरे।
मुख्यमन्त्रीले सोमवार सोशल मिडिया पोस्टमा बताए, उनले गए आइतवार साँज 5.30 बजे नयाँ दिल्लीमा आयोजित ब्रिक्स सम्मेलनको महत्वपूर्ण कार्यक्रममा भाग लिएपछि आफ्नो कार्ययात्रा शुरू गरे अनि राती लगभग 11.30 बजे जोरहाटमा पुगेर जिल्ला आयुक्त सम्मेलनको पहिलो दिन कार्यक्रमको समापन गरे।
सम्मेलनको दोस्रो दिन दिनभरि नै विभिन्न महत्वपूर्ण विषयहरूमा चर्चा हुनेछ। मुख्यमन्त्रीले भने, मजबुत, विकसित एवं आत्मनिर्भर असमको लक्ष्यलाई हासिल गर्नको लागि जनसेवाको कार्य निरन्तर जारी रहनेछ। सम्मेलनको समापन पश्चात महत्वपूर्ण निष्कर्ष अनि विषयहरूको जानकारी जनतासित साझा गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा