बाढ़ीबाट त्रस्त भागलपुर, 8.5 लाखभन्दा अधिक मानिसहरू बाढ़ीको चपेटमा, दुइ छाक जुटाउनको लागि सङ्घर्ष जारी
बाढ़ीबाट त्रस्त भागलपुर, 8.5 लाखभन्दा अधिक मानिसहरू बाढ़ीको चपेटमा, दुइ छाक जुटाउनको लागि सङ्घर्ष जारी


भागलपुर, 14 सेप्टेम्बर (हि.स.)। जिल्लामा गङ्गा नदीले रौद्र रूप धारण गरेका कारण बाढ़ीको स्थिति अत्यन्त भयावह भएको छ। जिल्लाका 111 वटा गाउँहरू तता 437 वार्डहरू पूर्ण रूपले बाढ़ीको चपेटमा परेका छन् जससाकरण 2,00,102 परिवारहरूका 8,56,379 सदस्यहरू गम्भीर रूपमा प्रभावित भएका छन्।

गङ्गा पारी क्षेत्रको सबैभन्दा चिन्ताजनक स्थिति भएको छ। पूर्व मन्त्री बुलो मण्डलको घर भएको क्षेत्रमा अहिलेसम्म पनि घाँटी-घाँटी पानी भरिएको छ। यो पानी कहिले घट्छ, कुनै निश्चित छैन। बाढ़ीको विभीषिकालाई ध्यानमा राखेर जिल्ला प्रशासन र एसडीआरएफका टीमहरू सक्रिय भएका छन्।

आपदा प्रभावित क्षेत्रहरूबाट अहिलेसम्ममा 24,812 मानिसहरूलाई सुरक्षित बाहिर निकालिसकिएको छ। आवागमन र रेस्क्यूको लागि 122 वटा नौकाहरूलाई परिचालन गरिएको छ। स्वास्थ्य सुविधाको लागि 80 जना चिकित्सा केन्द्रहरूलाई सक्रिय बनाइएको छ भने पशुहरूको सुरक्षा सबैभन्दा ठूलो चुनौती भएको छ, किनभने प्रभावित पशुहरूको सङ्ख्या 79,390 सम्म पुगिकेको छ। भोक मेटाउनको लागि प्रसासनले 317 वटा सामुदायिक भन्सा सञ्चालन गरिरहेको छ।

सरकारी दाबी एवं प्रयासहरू भइरहेको भए पनि धरातलमा बेघर भएका परिवारहरूको समस्या जस्ताको तस्तै छ। सयकड़ौं परिवारहरू अग्ला-अग्ला क्षेत्रहरूमा शरण लिन बाध्य भएका छन्। बाढीको यस सङ्कटले परिवारभित्रको पारम्परिक जिम्मेवारीलाई समेत परिवर्तन गरिदिएको छ। पीड़ितहरू भन्छन्, चारैतिर पानी मात्र भरिेको छ। नानीहरूको सुरक्षाको चिन्ता सबैभन्दा गम्भीर रहेको छ। अप्रिय घटना हुने आशङ्काले महिलाहरू चौबिसै घण्टा नाानीहरूको निगरानीमा जुटेका छन् ताकि बच्चाहरू खेल्दै पानीमा नजाओस्। अर्कोतिर पुरुषहरूले परिवारको लागि भोजन जुटाउने तथा पकाउने जिम्मेवारी सम्हालिरहेका छन्।

बाढ़ी पीड़ितहरूले बताए, इन्धनको रूपमा उपलब्ध दाउरा पनि पूर्ण रूपले भिजेको छ जसलाई सल्किन घण्टौं समय लाग्छ। तब मात्र दुई छाकको भोजनको व्यवस्था हुन्छ। बाढ़ीको पानी बिस्तारै घट्ने गतिले ग्रामीणहरूको आजीविका र सुरक्षाको निम्ति ठूलो सङ्कत उत्पन्न गरिदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande