
नवादा, 14 सेप्टेम्बर (हि.स.)। नवादा शहरको कलाली रोडस्थित अमन ड्रेसेज कपड़ा पसलको गोदाममा सोमवार अचानक भयानक आगो लाग्यो। घटनाका कारण क्षेत्रमा कोकोहोलो मचियो। हेर्दा-हेर्दै आगोले गोदाममा राखिेका कपड़ा एवं अन्य सामानहरूलाई आफ्नो चपेटमा लियो।
ह्वार-ह्वार आगो बलेको तथा घना धुँवा देखेर वरपरका मानिसहरू पनि घटनास्थलमा भेला भए। यस घटनामा लगभग 50-60 लाख रुपियाँको कपड़ा जलेर खरानी भएको आशङ्का व्यक्त गरिएको छ।
प्रत्यक्षदर्शीहरू अनुसार सोमवार अचानक गोदामबाट धुँवा निक्लिरहेको देखियो, त्यसपछि क्षणभरमै आगो पनि बलिरहेको देखियो। स्थानीय मानिसहरूले तत्काल यसको सूचना अग्निशमन विभागलाई दिए। सूचना पाए लगत्तै अग्निशमन विभागको टीम दमकल वाहनहरूको साथमा घटनास्थलमा आइपुग्यो। आगोले विकराल रूप धारण गरेको कारणले दमकलकर्मीहरूलाई आगोलाई नियन्त्रण गर्न धेरै सङ्घर्ष गर्नुपऱ्यो।
गोदामभित्र प्रचुर मात्रामा कपड़ाहरू राखिएको कारणले आगो द्रूत गतिमा फैलियो। कड़पा र अन्य ज्वलनशील वस्तुहरू भएको कारणले आगो द्रूत गतिमा फैलिएको थियो। आगोलाई निभाउने क्रममा वरपरका मानिसहरूलाई सुरक्षित दूरत्वमा राखियो। यो समाचार लेखुञ्जेलसम्म दमकलकर्मीहरू आगो निभाउनमा जुटेका थिए। आगो पूर्ण रूपले नियन्त्रित भएको थिएन।
पस सञ्चालक एवं स्थानीय मानिसहरू अनुसार गोदाममा राखिएको कपड़ाहरूको मूल्य लगभग 50-60 लाख रुपियाँ रहेको छ। तर वास्तविक रूपमा कति रुपियाँको सम्पत्ति नोक्सान भएको छ, त्यसको मूल्याङ्कन आगो निभेर क्षतिग्रस्त सामानहरूको जाँच गरेपछि मात्र स्पष्ट हुनेछ।
हाल आगलागीको कारण पत्तो लागेको छैन। आशङ्का व्यक्त गरिँदैछ, शर्ट सर्किट वा अन्य कुनै कारणलेआगो लागेको हुनसक्छ। अग्निशमन विभाग र सम्बन्धित अधिकारीहरूले घटनाको जाँच गरेपछि वास्तविक कारणको खुलासा गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा