सपामा हुन्छ गुण्डा अनि अपराधीहरूको संरक्षण: केशव प्रसाद मौर्य
सपामा हुन्छ गुण्डा अनि अपराधीहरूको संरक्षण: केशव प्रसाद मौर्य


लखनऊ, 14 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता एवं उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले भने, सपामा गुण्डा अनि अपराधीहरूको संरक्षण गरिन्छ।

उपमुख्यमन्त्रीले सोमवार आफ्नो सोशल मिडिया पोस्टमा लेखे, भाजपा अगौटे-पछौटे-दलित समाजको त्यस पवित्र ‘त्रिवेणी’ सङ्गम जस्तै हो जसमा सबैको सम्मान, सबैको विकास र सबैको विस्वास सामेल छ। अर्कोतिर सपाको पीडीए अर्थात परिवार डेभलपमेन्ट एजेन्सीलाई जनताको विकासभन्दा अधिक परिवार, गुण्डा अनि अप्राधीहरूको संरक्षणक चिन्ता हुन्छ। उनले लेखे, सपाको इतिहास उत्तर प्रदेसको लागि खतरनाक रहिआएको छ। षड़यन्त्र र झुटको सहारा लिएर चुनाउ एकपटक जित्न सकिन्छ, तर बारम्बार सकिँदैन।

केशव प्रसाद मौर्यले भने, वर्ष 2024 को लोकसभा चुनाउमा सपा-कङ्ग्रेस गठबन्धनलाई जुन राजनीतिक लाभ प्राप्त भएको थियो, अब त्यो आगामी वर्ष 2027 मा दोहोरिनेछैन। उत्तर प्रदेसका जनताले सबै हेरिरहेका छन्। तेस्रो पटक पनि भाजपाको सरकार बनाउनका लागि जनता पूर्ण रूपमा तयार छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande