
कोलकाता, 14 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले गणेश चतुर्थीको अवसरमा प्रदेशवासीहरूलाई शुभकामना दिएका छन्। मुख्यमन्त्रीले सोमवार सोशल मिडियाको माध्यमबाट भगवान श्रीगणेशलाई स्मरण गर्दै सबैको सुख, शान्ति र समृद्धिको कामना गरे।
शुभेन्दु अधिकारीले आफ्नो सन्देशमा गणेश स्तुति लेखेर वन्दना गरे, “वक्रतुण्ड महाकाय सूर्यकोटिसमप्रभः। निर्विघ्नं कुरु मे देव शुभकार्येषु सर्वदा॥” उनले भने, विघ्नहर्ता तथा सिद्धिदाता भगवान श्रीगणेशको कृपाले सबैको जीवनका बाधा अनि विघ्नहरू हटेर जाउन्।
मुख्यमन्त्रीले भगवान श्रीगणेशसित सलाई सुख, बुद्धि, सु-स्वास्थ्य, सफलता एवं समृद्धि प्रदान गरुन् भनी प्रार्थमा गरे। उनले कामना गरे, भगवान श्रीगणेशकीो कृपाले प्रत्येक घरमा शान्ति, आनन्द र मङ्गलमय वातावरण कायम रहोस्। यसको साथै मुख्यमन्त्रीले हिन्दी दिवसको अवसरमा पनि सबैलाई शुभकामना दिए। उनले हिन्दी भाषाप्रति सम्मान व्यक्त गर्दै हिन्दी दिवसको हार्दिक बधाई दिए।
यस अतिरिक्त मुख्यमन्त्रीले बङ्गला भाषाका प्रमुख कथाकार एवं उपन्यासकार ताराशङ्कर बन्द्योपाध्यायको पुण्यतिथिमा उनलाई विनम्र श्रद्धाञ्जली अर्पण गर्दै साहित्यको क्षेत्रमा उनको महत्वपूर्ण योगदानलाई स्मरण गरे अनि उनीप्रति सम्मान व्यक्त गरे।
शुभेन्दु अधिकारीले सबैलाई गणेश चतुर्थीको हार्दिक शुभकामना दिँदै सन्देशको अन्तमा “गणपति बाप्पा मोरया” - को जयघोष गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा